बुबाको सम्झनामा : त्रिलोचन आचार्य (कविता )

बुबाको सम्झनामा : त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ ,असोज २०।

१. छमछमी घुमी रमाउँने
रहर नै थियो समाउँने
पर भई गए नि हात खै ?
अब त आँशुको छ खात है ।
२. निठुर रोगका विलासले
कति लुट्यो लुट्यो सुवास हे
कति भरौँ मनै भरिन्न भो
छुन तरौँ नदी तरिन्न भो ।
३. सकसले कस्यो नि ! टाकुरा
विलखबन्द छन् नि ! आँकुरा
र अधुरा कुरा यहाँ पुरा !
न त हुने भएर पाखुरा ?
४. अब त शुन्ययी धरा भइन्
र जननी स्वयं बरा भइन्
म बबुरो दरो कहाँ हुने ?
विफल योजना चुली छुने ।
५. मन थियो अझै म धाउँला
बहुत नाम त्यो सजाउँला
श्रम गरी गरी कमाउँला
महल यादको बनाउँला ।
६. अब बनेर के म पौरखी
सकल एक्लियो नि रु जिन्दगी
प्रिय कुरा सबै सबै लुटी
समयको थियो ठुलो त्रुटी ।
७. अब त गर्न के सकिन्छ र ?
सकल कल्पना टिपिन्छ र ?
सलल सम्झना सुसाउँछन्
नयन बेस्सरी रसाउँछन् ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।