बुढानिलकण्ठका माओवादीको मनोबल उठाउने जिम्मा केन्द्रीय सदस्य बिशाल खड्कालाई ….

बुढानिलकण्ठका माओवादीको मनोबल उठाउने जिम्मा केन्द्रीय सदस्य बिशाल खड्कालाई ….

कपन अनलाइन
काठमाडौं, भदौ ६।

नेकपा माओवादी केन्द्रको विशेष अभियान अन्तर्गत बुढानिलकण्ठ नगरपालिकाको इन्चार्जका रुपमा केन्द्रीय सदस्य विशाल खड्का आएका छन।

२०७९ शालको स्थानीय तहको निर्वाचनमा निकै कमजोर देखिएको नेकपा माओवादीको संगठनलाई विस्तार गर्दै बुढानिलकण्ठका नेता तथा कार्यकर्ताहरुको मनोबल उठाउने जिम्मा लिएर आएका नेता खड्का जनयुद्ध काल देखि नै माओवादी आन्दोलनमा सक्रिय रहदै आएका छन।

दोलखा जिल्लाबाट बागमती प्रदेस सभा सदस्यमा निर्वाचित भएर मन्त्रि समेत बनेका केन्द्रीय सदस्य खड्काका सामु आन्तरिक विवाद र संगठानात्मक अराजकताका कारण सिथिल बनेको बुढानिलकण्ठ माओवादीको मनोबल उठाउदै सहित बाटोमा फर्काउने चुनौती देखिएको छ।

२०७४ शालको स्थानीय तहको निर्वाचनमा १०.३८ प्रतिसत मत प्राप्त गरेको नेकपा माओवादी बुढानिलकण्ठले २०७९ शालको निर्वाचनमा जमानत समेत जोगाउन सकेको थिएन।

नेकपा माओवादी केन्द्र बुढानिलकण्ठको इन्चार्जका रुपमा आएका खड्काले नगर कमिटीको पूर्ण बैठकमा सम्बोधन गर्दै आगामी दिनमा  माओवादीका स्थानीय समस्याहरुको पहिचान गर्दै संगठनलाई मजबुत बनाउन विशेष योजना निर्माणको शुरुवात गरेको  नगर कमिटीका एक पदाधिकारीले बताएका छन।

 

 

तपाइँको प्रतिक्रिया ।