मैले सम्मान गर्नुपर्ने मान्छे : भेषराज सापकोटा

मैले सम्मान गर्नुपर्ने मान्छे : भेषराज सापकोटा

कपन अनलाइन

काठमाण्डौ ,साउन २१।

सर्बप्रथम त म एक नवगायक। संगीतको जुजारू विध्यार्थी,, अनी सङ्घर्ष गर्दै गरेको एक बालपनलाई छोडेर बैँसालु अवस्थामा बाँचि रहेको फुच्चे केटो!! हिजो जन्मेर, केही वर्ष पछि काठमाडौं आएर, पढेर, गाएर यहाँ सम्म आउदा जन्म दिने जन्म दाता देखि कर्म दिने कर्म दाताकै कारण आज सानै मञ्चहरूमा पनि हात नकमाइ, नडराइ सजिलै संग गाउन सक्ने भएको छु।
हिजो आमाको कोखबाट जन्म लिइ सकेपछि गरिबीका कारण काठमाडौं आए, मलाई काठमाडौं ल्याउने मेरी हजुरआमा, जन्म दिने बाआमा पछिकी मेरी कर्म दाता, जब काठमाडौं आए मलाई बास दिने मेरा माईला ठुलाबा र ठूलीआमा जो मेरी जन्म दिने आमाका दिदी भिनाजु, जसलाई म मेरो कर्म दाता मान्छु।
अब कुरा गरौ मेरो साङ्गीतिक अनि शैक्षिक जगतमा मलाई एउटा हुर्किँदै गरेको बिरूवालाई उचित मलजल गरेर मलिलो अनि सफल बनाउन ठुलो भूमिका खेल्नु हुने दुई महान हस्ती जो संग मेरो रगतको नाता नभए पनि मनभित्र गाडिएको नाता छ। ती दुई हस्तीले मेरो साङ्गीतिक अनि शैक्षिक जगतमा गरेको कुरालाई वर्णन गर्छु र उहाँहरूको नाम भन्छु।
कुनै समय म जीवन तारा एकेडेमी पढ्थे चाइल्ड हेभेन इन्टरनेसन्ल संस्था को सहयोगमा जब ३ कक्षा सम्म त्याहाँ पढेँ त्यसपछि मलाई ग्रिन तारा चाइल्ड हेभेन स्कुलमा भर्ना गरियो।
म गीत जिवन तारा हुदा देखिनै गाउँथे। तर मेरो कला केहि दर्शक सम्म पुगेको थिएन। ग्रिन तारामा आए पछि मैले एउटा ठुलो उपहार पाएँ। किनभने त्यो स्कुलमा काउन्सिलिङ कक्षाको व्यवस्था रहेछ। दुई जना काउन्सिलिङ टिचर हुनुहुँदो रहेछ। मेरो पारिवारिक, मानसिक समस्या बुझेर भगवानले मेरो भेट अनि चिनजान आदरणीय म्याम अप्सरा शिवाकोटी संग भयो।
पहिलो चोटी उहाँ संग म काउन्सिलिङ बसे अनि मेरो कला, गला र मेरा मानसिक तनाव, पारिवारिक समस्या सबै बताए। उहाँ ध्यान दिएर सुन्नु भयो। मेरो गला  पनि उहाँलाई मन परेछ अनि समस्या सुन्दा पनि नराम्रो लागेछ। पहिला उहाँ मेरो मानसिक समस्या हल गर्ने जमर्को गर्नु भयो। उहाँले विभिन्न थेरापी गराएर मेरो मानसिक तनावलाई केही मात्रामा हल गर्नु भयो।
त्यसको केही समय पछि मलाई एउटा अर्को समस्या आइ पर्यो। डिप्रेसनको नजिकै पुगे। यत्रो ठूलो मेरो समस्यालाई पनि अप्सरा शिवाकोटी म्यामले हातमा लिएर हल गर्न तर्फ लाग्नु भयो। हल पनि गरेरै छोड्नु भयो।
मलाई त उहाँ ले निको पो पार्नु भयो अनि मेरो लुकेको कलालाई प्रस्फुटन गर्न तर्फ लाग्नु भयो। त्यो उदेश्य बोकेर मेरो हात समातेर मेरो कला देखाउन मलाई प्रिन्सिपल सरको अगाडि लानु भयो। मलाई प्रिन्सिपल सरको अगाडि पर्ने डर र म्यामलाई मेरो कला प्रिन्सिपल सरको अगाडि देखाउन पाउँदाको खुसी मिसिएछ।
सरको अगाडि उभिए अनि म्यामले दिलाएको आटलाई  आत्मासाथ गर्दै आफ्नो गाउने कला देखाए। उता म्यामको खुसीको सिमा रहेन मलाई सरको अगाडि पर्दा उ म त झन किन खुसी नहुने। स्कुलमा सुरूमा आउदा अप्सरा म्यामको मात्र साथ पाए अब त अप्सरा म्यामले गर्दा सरको पनि साथ पाउन थाले।
अनि सर र मिसको सहायताले पहिले पटक कक्षा ६ मा पढ्दा एउटा अन्तर्वार्ता मार्फत क्यामराको अगाडि आउने अवसर पाए। खुसीको सिमा रहेन। ओहो! म पनि युट्युबमा भन्ने मनमा आयो। उता अप्सरा म्याम पनि आफूले सपोट गरेको केटो युट्युबमा हेर्न पाउँदा मख्ख हुनु भएछ। त्यसको केही समय पछि अप्सरा म्यामले सोध्नु भयो “भेषराज तपाई सरको अगाडि अर्को एउटा मिठो गीत गाउनुस्।” मैले भने “हुन्छ म्याम ” सरको अगाडि भजन शिरोमणी भक्तराज आचार्यको गित सुनाको सरलाई भिडियो गर्न मन लागेछ अनि भिडियो गरेर फेसबूकमा हाल्नु भयो। त्यो गित मेरो घरै छेउका एक जना दाजुको कानमा परेछ अनि मलाई बोलाएर भाइ तॅ संगीत सिक म तलाई सङ्गीत क्लास फालिदिन्छु।
मैले संगीत सिक्न पाउने भए अनि मैले यो कुरा अप्सरा म्यामलाई सुनाए। म्याम त म भन्दा पनि खुसी हुनु भयो उता प्रिन्सिपल सरलाई पनि सुनाउनु भएछ सर पनि खुसी हुनु भयो। मैले सङ्गीत सिक्दै गए, उता पढाइमा पनि ध्यान दिदै गए।
बिच बिचमा केही समस्या त आउदै गए तर अप्सरा मिससंगको काउन्सिलिङ क्लासको हल हुँदै गयो। मञ्च चढे पछि हात र खुट्टा काम्थ्यो। त्यो समस्याको हल पनि अप्सरा म्यामलेनै गरिदिनुभयो।
अहिले उहाँ र प्रिन्सिपल सरकै कारण नगरपालिकास्तरिय कार्यक्रम र स्कुलका जुनै पनि कार्यक्रममा सजिलै बोल्न र गाउन सक्ने भएको छु। कुनै दिन गाउँमा मेरा बाआमालाई खाने रासन सकिएछ, मलाई एता समस्या पर्यो अनि यो कुरो पनि मैले अप्सरा म्यामलाईनै सियर गरे र उहाँले प्रिन्सिपल सरको अगाडि मलाई र मेरो समस्यालाई पुर्याउनु भयो।
उहाँ बोली र प्रिन्सिपल सरको सहयोगले मेरो बाआमाको पेट भरियो।
अहिले बिचमा जति पनि समस्या आए सबै उहाँ सियर गरे आज जीवन जिउन र जति दुख परे पनि जिवनमा हास्न सहयोग मिलेको छ। मलाई सहयोग गरेर अप्सरा म्यामलाई र प्रिन्सिपल सरलाई त कुनै फाईदा छैन, फाईदा त मलाई भइ रहेको छ।
तर उहाँहरूले फाईदा भन्दा पनि मेरो भविष्य र धर्मलाई ध्यान दिनु हुन्छ। मैले मिल्ने भए म अप्सरा म्यामलाई दिदी भन्थे तर नाताले मेरो उहाँ एक शिक्षिका हुनुहुन्छ र उहाँलाई म यहि रूपले सम्वोधन र सम्मान गर्छु र प्रिन्सिपल सर प्रकाश नगरकोटी र अप्सरा शिवाकोटीलाई मेरा जिवनका भगवान र रोलमोडल मान्छु।
मेरो जिवनमा मैले ७ जनालाई मेरा भगवान र रोलमोडल मान्छु। जसमा पर्छन मेरा जन्म दिने बाआमा, मलाई काठमाडौं ल्याउने मेरी हजुरआमा, मलाई माया गरि पालन पोषण गर्ने मेरा माईला ठुलाबा र  ठुलीआमा, आदरणीय प्रिन्सिपल सर प्रकाश नगरकोटी र आदरणीय म्याम अप्सरा शिवाकोटी पर्दछन।
आजलाई यतिनै लेखेँ यो मेरो मनमा, मेरो डायरीमा र अरूलाई कमै सुनाए को कुरा हो र आज यो लेखमा लेख्न रहर जाग्यो।धन्यवाद।। उहि तपाईहरूले माया गरेको फुच्चे केटो भेषराज सापकोटा।।
तपाइँको प्रतिक्रिया ।