चार मुक्तक : आर. के. भण्डारी

चार मुक्तक :  आर. के. भण्डारी

कपन अनलाइन

काठमाण्डौ ,माघ २५।

म आउछु उसलाई हटाउ भन्दिनँ म
उसँगको माया घटाउ भन्दिनँ म
बस् राम्रोसँग हाँसी देऊ बोली देऊ,
मसँग नै जीवन कटाउ भन्दिनँ म ।

मेरो देश फलोस फुलोस् म यति चाहन्छु
जलाएका धरोहर बनोस् म यति चाहन्छु
अब आउने चुनावमा जसले जिते पनि,
संवृद्वि र स्थिरता होस् म यति चाहन्छु ।

दूध ख्वाए नि सर्पले डस्छ थाहै त होला नि
ऋषिले सधैं खरानी घस्छ थाहै त होला नि
छोडेर जानेको लागि किन रुन्छौ यति धेरै,
कुहिएको पात आफैं खस्छ थाहै त होला नि ।

हेर्नुस् आगो पानी बिना त खाना पनि पाक्दैन
जो सच्चा मनले भन्छ, उसले कहिल्यै ढाट्दैन
नयाँ सम्बन्ध जोड्न पो हजुर धेरै समय लाग्ने,
बनेको सम्बन्ध भत्काउन केही समय लाग्दैन ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।