कपन मिलनचोकवासीको ब्यग्र प्रतीक्षा समाप्त, पक्की पुल निर्माण हुने…..
कपन अनलाइन
काठमाण्डौ ,माघ २५।
निकै लामो समयदेखि डुवान र बाढीका कारण सवारी साधनको आवागमनमा अवरोध खेपेका मिलनचोक वासीले व्यग्र प्रतिक्षा गरेको पुल निर्माण हुने भएको छ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० मिलनचोक चखूंचा खोलामा पुल निर्माण हुने भएकोले सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको हो।
वडा कार्यालयद्वारा जारी सूचनाअनुसार मिलनचोकबाट भुल्कीटोक जाने खण्डमा पक्की पुल निर्माण कार्य गर्नुपर्ने भएकाले २०८२ साल माघ २५ गतेदेखि सो मार्गमा सवारी साधन आवतजावत पूर्ण रूपमा बन्द रहनेछ।
निर्माण कार्यको अवधिमा उक्त सडक हुँदै यात्रा गर्ने सर्वसाधारण, स्थानीय बासिन्दा तथा सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न वडा कार्यालयले हार्दिक अनुरोध गरेको छ। सडक बन्दका कारण सर्वसाधारणलाई पर्न सक्ने असुविधाप्रति वडा कार्यालयले क्षमायाचना समेत गरेको छ।
यप पनि पढ्नुहोसhttps://kapanonline.com/archives/169653

