बुझाइ : श्रीप्रसाद पोखरेल (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,साउन २०।
उनि भने मिस नेपाल भए देखि भ्याइनभ्याइ थिइन् । बिहान भरि सिँगारपेटार, शरीर जस्ताको तस्तै राख्न खानपानको समय र खानेकुराको तारतम्य मिलाउनु उनको दैनिकी नै थियो । धेरै जसो सभा, बैठक र विज्ञापनको सुटिङमा व्यस्त हुने उनि जहिल्यै हतारमा हुन्थिन् ।
एक दिन उनि आँखा सन्काइ सन्काइ, कम्मर मर्काइ मर्काइ युवा विद्यार्थीलाई उत्प्रेरण दिइरहेकी थिइन् । कोही उनलाई सुनिरहेका थिए, कोही उनलाई पार्श्विवक बनाएर तस्विर लिइरहेका थिए भने कोही उनको प्रशंसा गरिरहेका थिए ।
केहीले ताली बजाए । श्रीधर अलमल्ल प¥यो, किन ताली बज्यो ? उनि एकोहोरो बोलिरहेकी थिइन् । उस्ले सम्झियो “बोल्नेको पिठो बिक्छ ।”
कार्यक्रम सिध्दियो । सबै सेल्फि लिन आतुर थिए । श्रीधरले आज बुझेछ, “भिडको पछाडी दगुर्ने होइन रहेछ, भिडलाई चैँ आफ्नो पछाडी दगुराउनु पर्ने रहेछ ।”
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।