चार मुक्तक : गंगा लिगल

चार मुक्तक : गंगा लिगल

कपन अनलाइन

काठमाण्डौ ,साउन २०।

गुलाफ बाध्य छ काढै काढामा
उ हास्न बाध्य छ काढै काढामा
यो जीवनको अपरिहार्यता हो
मुर्झाउन बाध्य छ काढै काढामा ।

गुरास हेर हास्य जङ्गलमा
गुरास सधैँ रुन्छ जङ्गलमा
यो उसको सधैँको बाध्यता हो
उ गुमसुम हुन्छ जंगलमा ।

प्रगति पथमा बाधा आउँछ
दुःख कष्टको त काढा छाउछ
यस्तोमा त हिम्मत नहार्नु है
शाहसले त बहार ल्याउछ ।

जीवनमा सुवास भर्नु छ
साहित्यको आभास पार्नुछ
अनि सुन्दर बन्छ जीवन
यसमा प्रकाश पार्नु छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।