गोठालो : राजेश अधिकारी (कविता )
कपन अनलाइन
काठमाण्डौ ,असार २३।
गाईको थलो गिजिजी हिलो बर्खाको दिनमा
खरको छानो चुहिन्छ गोठ हरेक छिनमा
भकारा सोरी सिनित्तै पारें गोबर गहुँत
सोत्तर हाल्दा देखियो थलो ओभानो बहुत
घाँस र कुँडो खाएर गाई बेस्सरी उग्राए
गोठका सारा बहर बाछी बेस्सरी रमाए
दोएर दुध भरेर कुँडे उमालीभुलुक्क
पोसिलो मिठो पिउँछु दुधपारेर घुटुक्क
टोलङ ठेकी कठुवा हर्पे दुधले भरेर
मथ्नपो लागेंक लिलो दही गमक्क परेर
मदानी नाच्यो फनन घुम्दै घुरुरु गरेर
छुट्टियो नौनीमुसुक्क हाँस्दै महीमा तैरेर
अमृत सरी स्वादिलो महीतन्तनीपिएर
गोठालो बनी काट्दै छु दिनखुशीमै जिएर
पुग्नु नै पर्छ हरेक दिन चरन खर्कमा
सहनै पर्छ जे बिते पनिदुःखवाहर्कमा
न घाम पानी न भोकप्यास कस्ले छ देखेको?
मेटिन्न साथी दैवको लेखो भाग्यमा लेखेको
चउर भरी गाई र बाछा रमाई चर्दछन्
थकाई लाग्दा रुखको छाँया खोजेर बस्दछन्
छङ्छङ गर्नेचन्चले खोला नटुटी बग्दछ
मानिस पशु बन्जर भूको प्यास नै मेट्दछ
गोठाले खाजा भुटेको मकै मुर्क्याई रहेछु
छहारी मुनी बसेर टुङ्ना बजाई रहेछु
फर्किएँ अब गौचर बाट बथानलिएर
साँझको बेलागोठमा पुगें फतक्कै गलेर
चौपायालाई गोठमा बाँधी पल्टिएँ खाटमा
गोठालो म त भुसुक्कै भई निदाएँ रातमा
कृष्णजी पनिगोठालै थिए घुम्दथे बनमा
तीप्रियभई बिराजहुन्थे सबैका मनमा
मोहितगर्थे सबैको मन बाँसुरी बजाई
सबैले गर्थे उनको यादमनमा सजाई
चोरेर खान्थे मक्खनदहीगोविन्दगोपाल
गोठालै थिएगर्दथे तर लीला नै कमाल
देवताथिएश्रीकृष्ण ग्वाला म त हुँ सेवक
गोठाला दुबै म परेंभक्तउनीहुन् मोचक
गौंथली चरी भुरूरू उड्यो आकाश छोएर
यो दुखी मन बुझाई बस्छु के गर्नु रोएर ?
दौँतरी कोहीवकिलभए कोही छन् डाक्टर
कोही त बने देशका नेता कोही छन् मास्टर
हँसियाखुर्पा लिएर हिड्छु उकालो ओरालो
लगौंटे साथीजागिरे भए म भएँ गोठालो
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक