कविताको आराधना : त्रिलोचन आचार्य (कविता )

कविताको आराधना : त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ ,असार २३।

नानीतिमी त खिरिली फरासिली
ज्ञानी असाध्यहँसिली र चम्किली
भै रागिनी सु–रमणी सु–संहिता
आऊखुलेर कविता तिमी यता ।

छोरी तिमी सहृदयी सुवासिनी
डोरी तिमी प्रकृतिकी सुलच्छिनी
निर्धक्क हेर नभनेर कता–कता
आऊखुलेर कविता तिमी यता ।

पाखाबनून् कुसुमका भनेसरि
आँखाखुलून् गगन यो खुलेसरि
हुन् तप्पतप्प रसिला लता जता
आऊखुलेर कविता तिमी यता ।

संसार प्रेम रसले भिजाउनू
सद्भावले जग सबै रिजाउनू
देऊ न अक्षर भरेर भव्यता
आऊ खुलेर कविता तिमी यता ।

खोज्दैछु भावगरिमा बढाउने
उड्दै स्वयं गगनमा उडाउने ?
ल्याई समस्त जगमा सुरम्यता
आऊ खुलेर कविता तिमी यता ।

गर्नेभएँ म ललितासँगै गफ
शार्दूल तोटकहरू सबै पख
भन्दै थिएँ– तर अझै गयौ कता?
आऊखुलेर कविता तिमी यता ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।