जन उद्धार मा.वि. बुढानिलकण्ठ -१३ मा “हाम्रो पहिचान”  कार्यक्रम सम्पन

जन उद्धार मा.वि. बुढानिलकण्ठ -१३ मा “हाम्रो पहिचान”  कार्यक्रम सम्पन

कपन अनलाइन

काठमाण्डौ ,असार १६।

बुढानिलकण्ठ -१३ मा रहेको  जन उद्धार मा.वि. गाम्चामा विविध क्रियाकलापहरु सहित “हाम्रो पहिचान”  कार्यक्रम सम्पन्न भएको छ ।
सामाजिक अध्ययन विषयका विषयवस्तुहरुको व्यहारिक अभ्यासका साथै ज्ञान दिन विद्यालयको सामाजिक अध्ययन विभागको नेतृत्वमा उक्त कार्यक्रम गरिएको थियो ।

समुदायका केही ज्येष्ठ नागरिकहरुलाई सम्मान गरी शुरु गरिएको कार्यक्रममा विद्यार्थीहरुले आफ्ना जातीय/परम्परागत पोषाक लगाएर विद्यार्थीहरुले आफै तयार पारेका खानाका परिकार,विषयगत परियोजना कार्यहरु, भित्ते पत्रिका प्रकाशन , सामाजिक समस्याप्रति सचेतना जगाउने प्ले कार्ड प्रदर्शनी,लोक बाजाहरुको प्रदर्शन तथा विद्यार्थीहरुले गरेका सिप,सिर्जना दुना, टपरी, बुनेका सामग्री आदिलाई प्रदर्शनीमा राख्नुका साथै  विद्यार्थीहरुले लोक बाजा बजाएर प्रस्तुती गरेको शिक्षिका अप्सरा घिमिरेले जानकारी दिएकी छन  ।

विद्यार्थीहरुले सामाजिक विकृति,विसङ्गती विरुद्धमा सन्देश मूलक नाटक पनि प्रस्तुत गरेका थिए भने  देशको संस्कृति झल्किने पूर्वदेखि सुदूरपश्चिम सम्मका लोक नृत्यहरु प्रस्तुत गरिएका थिए । असार १५ गते धान दिवस परेको हुँदा शिक्षक, विद्यार्थी र उपस्थित सबैलाई दही च्युरा पनि खुवाइएको थियो ।
वि.व्य.स.अध्यक्ष श्री श्रीकृष्ण श्रेष्ठको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका शिक्षा शाखा प्रमुख ललित विक्रम सिंह,स्वास्थ्य शाखा प्रमुख कुमार दाहाल लगायत अतिथि रहेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  श्रीकृष्ण श्रेष्ठ, प्रअ. हरेराम खत्री, बुढानिलकण्ठ  सामाजिक शिक्षण विभागका संयोजक कमला भण्डारी, वि.व्य.स. सदस्य धर्म लाल श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए ।

तपाइँको प्रतिक्रिया ।