सत्य स्वरुप साहित्य : गंगा लिगल (कविता )

सत्य स्वरुप साहित्य : गंगा लिगल (कविता )

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १३।

शीतको थोपा यो जीवन
कथा भरिएको व्यथै व्यथा
झुल्कीएको सूर्यको प्रथम किरण
रित्तो धरातललाई
समेटन नदिई
किरणको प्रभाव परेछ
त्यस पत्रदलमा
गलेछ स्वयममा ।

स्वदेशमै बसेर
गुन्द्रुक र ढिडो नै ठेट
नेपाली खाना
रमाई रमाई खानु
स्वदेश मै मर्नु
कत्रो ठूलो गर्व

जाति भेदबाट निश्कलङ्क बनाई
राजनीतिदेखि धेरै टाढा
रविकोकिरण भन्दा
अत्यन्त तीक्ष्ण तेज गति
सत्य स्वरुप

साहित्यलाई
जिउँदो र चोखो
राख्न सक्नु
कत्रो महानता यसैमा
मानव जीवनको
ठूलो सफलता मानिन्छ ।

तपाइँको प्रतिक्रिया ।