गजल : सरस्वती केसी

गजल : सरस्वती केसी

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १३।

तिमी किन पार्टी पार्टी भन्छौ तिम्लाई के दिएको छ ।
सुखमा सङ्गै हास्छ दुखमा के बिष पिएको छ ?

जुनबेला तिमी झण्डा बोक्न सक्थ्यौ र पो,
के आज तिम्रो नाङ्गो ढाक्ने कपडा सिएको छ ?

सबैले आफ्नै खुसिको लागि गर्छन् यहाँ,
के तिम्रो खुसिमा तिम्रो पार्टी भनाउदो जिएको छ ?

मुखको गाँस खोसेर कत्ति मोज गर्छन ठुला ठालु
के तिम्रो भोकमा शोक मानि खाना लिएको छ ?

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।