घर : प्रेम पुन मगर (लघुकथा)

घर : प्रेम पुन मगर (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १३।

‘हामीले त सज्जन थानेका थियौँ। तिमी त दानव निस्कियौ। तिमी मान्छेको नाउँमा कलङ्क रहेछौ । हाम्री दिदी सोझी देखेर घरबाट निकाल्यौ ?’
केहीदिनदेखि माइतीघरमा आएर बसेकी दिदीको पक्षमा बोल्दै सालो जङ्गेले निकै कडा रुपमा देखायो ।
भिनाजु श्रीकान्तले मलिन स्वरमा भने–‘सालाज्यु आवेशमा नआउनुहोस् । के म जानी जानी आफ्नै घरमा आगो लगाउँला र ? घरायसी कुरो हो । रहस्य अर्कै छ ।  सामान्य
कुरामा भनाभन परेको मात्र  थियो । आफै हिडिन् ।’
‘बस्नै नदिएर घरबाट निकाल्यौ रे नि त । अझै पानीमुनिको ओभानो बन्छौ ? पख तिमीलाई त जेल नपठाइ किन छोड्छु र ?’
यतिकैमा दिदीको काखमा बसिरहेकी सानी भान्जी नानीले प्रश्न गरिन् । ‘झगडा गर्दा दुबै जना बराबर नै बोल्नु– हुन्छ । जेल पठाउने भए सँगसँगै पठाउनुपर्ने होइन र मामा ?“
तपाइँको प्रतिक्रिया ।