बौद्ध देखि शैलुङ सम्म शान्ति दौड
कपन अनलाइन
काठमाडौं बैशाख २२ ।२५६७ औँ बुद्ध जयन्तीको अवसरमा शुक्रबार बिहान काठमाडौँको बौद्धनाथ परिसरदेखि दोलखा जिल्लाको शैलुङ सम्म शान्ति दौडको आयोजना गरिएको छ।पर्यटन प्रवर्द्धन गर्नुको साथै विश्वभर शान्ति र अहिंसाको सन्देश फैलाउने उद्देश्य सहित श्री बौद्धनाथ क्षेत्र विकास समितिको आयोजनामा शान्ति दौड आयोजना गरिएको हो ।
विश्व सम्पदा सूचिमा सूचीकृत काठमाडौँको बौद्धनाथबाट दोलखा जिल्लाको शैलुङ सम्म आयोजित उक्त दौड प्रतियोगिताको आज एक कार्यक्रमका बीच श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा सहित समितिका पदाधिकारीहरुले राष्ट्रिय धावक रत्न तुलाधरलाइ नेपालको राष्ट्रिय झण्डा र बुद्धिष्ट झण्डा प्रदान गरि दौड शुभारम्भ गरेका थिए ।
शान्ति दौडमा राष्ट्रिय रत्न तुलाधर, दामोदर बुढामगर, रेम बुढामगर, महेन्द्र बज्राचार्य, शेर बहादुर थारु, जयराम लामा, राधा श्रेष्ठ, नितु तामाङ, दीपक शाक्य सहित दश जना धावक सहभागी भएका छन दौडको पहिलो दिन वैशाख २२ गते (आज) दोलालघाटमा बस्ने, यसै गरी वैशाख २३ गते मुडे मा बस्ने र अन्तिम दिन बैसाख २४ गते शैलुङ पुग्ने लक्ष्य रहेको समितिले जानकारी गराएको छ।