२५६७ औँ बुद्ध जयन्तीको अवसरमा आयोजित अन्तर बिध्यालय चित्रकला प्रतियोगिता सम्पन्न

२५६७ औँ बुद्ध जयन्तीको अवसरमा आयोजित अन्तर बिध्यालय चित्रकला प्रतियोगिता सम्पन्न

कपन अनलाइन

काठमाडौँ, बैशाख २२ । विश्व सम्पदामा सुचिकृत बौद्धनाथ परिसरमा अन्तर बिध्यालय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । बुधबार  श्री बौद्धनाथ क्षेत्र विकास समितिले २५६७ औँ बुद्ध जयन्तीको अवसर पारेर बिद्यार्थीहरुलाई भगवान गौतम बुद्दको बारेमा जानकारी दिनुको साथै बिध्यालय बीच आपसी भाइचारा र बिद्यार्थीको अन्तर्निहित प्रतिभा प्रष्फुटन गर्ने  उदेश्य सहित  करिब २५ वटा बिध्यालयका ११५ जना बिद्यार्थीहरुको सहभगितामा बुद्द र बौद्ध नाथ सम्बन्धी चित्रकला प्रतियोगिता सम्पन्न भएको हो।

श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपालका लागि अस्ट्रेलियन राजदुत फेलिसिटी जेन भोल्कको प्रमुख आतिथ्यता रहेको  थियो ।कार्यक्रममा बिशेष अतिथिको रुपमा बागमती प्रदेश सभा सदस्य द्वय छिरिंग दोर्जे लामा र श्रीराम लामिछाने श्री बौद्धनाथ क्षेत्र विकास समितिको कार्यकारी निर्देशक शान्ती माया तामाङ लामिछाने श्री बौद्धनाथ क्षेत्र विकास समितिका सदस्यहरु, जानुका भण्डारी श्रेष्ठ, शैलेश श्रेष्ठ, राग्वा शेर्पा, पशुपति नाथ खतिवडा( श्याम) श्री बौद्धनाथ क्षेत्र विकास समितिका प्रमुख सल्लाहकार गोपाल बराल लगायत बिभिन्न बिध्यालयका प्रधानाध्यापक, शिक्षक प्रतिनिधि र बिद्यार्थीहरुको उपस्थिति रहेको उक्त कार्यक्रम संचालन संचारकर्मी गोपाल घिमिरेले गरेका थिए ।

श्री बौद्धनाथ क्षेत्र विकास समितिको कार्यकारी निर्देशक शान्ती माया तामाङले स्वागत मन्तब्य राखेको उक्त कार्यक्रमको उद्घाटन श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले छ्योमे बाली  चित्रकला प्रतियोगिता शुभारम्भ गरेका थिए ।

करिब ३ घण्टा सम्म चलेको उक्त प्रतियोगितामा ५जना बिद्यार्थी उत्कृष्ट घोसित गरिएको थियो ।  उत्कृष्ट ५ मा पर्न सफल निलकण्ठ स्कुलका बिमल मगर, बाल ज्योति पाठशालाका सन्दिप शाही, बालबाटिका इंगलिस स्कुलको  अन्जली तामाङ मनास्लु वर्ल्ड स्कुल अनुश्री न्यौपाने, अरुणिमा स्कुलकी श्रीवन्य राइ घोसित भइन । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि  नेपालका लागि अस्ट्रेलियन राजदुत फेलिसिटी जेन भोल्कले ट्रफी मेडल र प्रमाण पत्र वितरण गरेकी थिइन हने सहभागी बिद्यार्थी र बिध्यालयलाइ समेत सहभागिताको प्रमाण पत्र प्रदान गरेकी थिइन ।

 उनले बोद्धनाथ स्तुपाको चित्र समेत कोर्दै चित्रकला प्रतियोगितामा सहभागिता जनाएकी थिइन । कार्यक्रममा श्री बौद्धनाथ क्षेत्र विकास समितिका प्रमुख सल्लाहकार गोपाल बराल लगायतले शुभकामना मन्तब्य राखेको कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि नेपालका लागि अस्ट्रेलियन राजदुत फेलिसिटी जेन भोल्कले २५६७ औँ बुद्ध जयन्तीको शुभकामना दिदै यस्ता प्रतियोगिताले बिद्यार्थी भित्र रहेको अन्तरनिहित प्रतिभा प्रष्फुटन गर्न सहयोग पुर्याउने भन्दै खुसि ब्यक्त गरेकी थिइन ।  उनले बिद्यार्थीहरुले कोरेको चित्र एकदमै राम्रो लागेको समेत बताएकी थिइन ।

बौद्धनाथ आफुलाई एकदमै राम्रो लाग्ने बताउदै उक्त क्षेत्रमा आउदा शान्तिको अनुभूत गर्ने गरेको बताएकी थिइन । उनले क्षेत्र विकास समितिले गरेको कामको प्रसंशा गर्दै आवश्यक सहयोग र समन्वय गर्न तयार रहेको समेत बताएकी थिइन ।

 अध्यक्षताको आसन बाट बोल्दै श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले उपस्थित सबैलाई धन्यवाद दिदै २५६७ औँ बुद्ध जयन्तीको शुभकामना दिएका थिए । श्री बौद्धनाथ क्षेत्र विकास समितिले २५६७ औँ बुद्ध जयन्तीको अवसर पारेर सप्ताहब्यापी कार्यक्रम गरिरहेको जानकारी गराएका थिए । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाइ निरन्तरता दिदै जाने बताए ।

तपाइँको प्रतिक्रिया ।