जीवनलाई देख्नु भो ? भित्रका विवश पोखरेल : ममता मृदुल (पुस्तक समिक्षा)
कपन अनलाइन
काठमाण्डौ ,बैशाख १६।
विषय प्रवेश :
बुवा इन्द्रप्रसाद पोखरेल आमा इन्द्रमाया पोखरेलको सुपुत्रका रूपमा विवश पोखरेलको जन्म भएको हो ।
विराटनगरलाई कर्म भूमि बनाएर निरन्तर नेपाली भाषा साहित्यको फराकिलो आकाशमा विविध विधामा कलम चलाउनु हुने वरिष्ठ साहित्यकार विवश पोखरेलको जीवनलाई देख्नु भो ? प्रकाशित भएको छ । मैले विवश पोखरेलका बारेमा लेख्नु उज्यालोमा मैनबत्ती बाल्नु जस्तै हुन्छ । पुस्तक पढेपछि चुपचाप बस्न सकिन । मनका भाव अविरल बगिरहेका हुनाले रोक्न सकिन । आदरणीय व्यक्तित्वको सुन्दर कृतिका बारेमा लेख्न बसेँ । जीवनलाई देख्नु भो ? कविता सङ्ग्रहभित्र समाजको सुन्दर चित्र कोर्न सफल हुनुभएको छ । उहाँको यी कविता कान्तिपुर दैनिक, मधुपर्क, गोरखापत्र दैनिकक जस्ता विभिन्न पत्र पत्रिका प्रकाशित भएको थियो । हामीले पढिरहेका छौँ । वरिष्ठ साहित्यकार विवश पोखरेल धेरै विधामा कलम चलाउनु हुन्छ ।
आयामः
जीवनको यथार्थ बिम्ब ! जीवनलाई देख्नु ? भो शीर्षकमा डा. विमला श्रेष्ठले लेख्नुभएको छ । कविताक्रम शीर्षकमा पचासवटा कविता समावेश गरिएको छ । एक सय आठ पेज रहेको छ ।
गाउँमा एउटा साँझ कविता पहिलो र छोरी अन्तिम कविता हो । आवरण रमेश श्रेष्ठको रहेको छ । प्रकाशक इन्द्रमोहन स्मृति गुठी, धनकुटा रहेको छ । पुस्तकको अन्तिममा कवि विवश पोखरेलको कवितात्मक सिर्जनाको उत्तरोत्तर प्रगति प्रति विश्वस्त छु। भन्नुभएको छ ।
कविताभित्रः– यो पुस्तकमा पचासवटा कविता समावेश गरिएको छ । पहिलो कवितामा गाउँमा एउटा साँझ कवितामा गाउँका पीडा छताछुल्ल पोखिएका छन् । पहाडको मायालु छातिमाथि निर्धक्क टाउको उड्याएर एउटा थकित दिनले विश्राम लिने तरखर गरेको छ । गाउँमा एउटा साँझ कविता भित्र पस्दा मन गाउँमा पुग्छ ।
एउटा सग्लो दिनको अन्त गरेर
गोधूलीसँगै फर्किरहेका छन् गोठालाहरू
पिठिउँको दाउराको भारी पिँढीमा बिसाएर
कमिजको फेरोले निधारका पसिना
पुछिरहेका छन् एक हुल गाउँले
तुरतुरे धारोमा – माटो सुगन्धित फरुवा पखाल्दै सन्तुष्टिका स्नान गरिरहेछन् किसानहरू आमा नातामा पवित्रता छ । प्रेम छ विश्वासका धरोहर छ । असिमित प्रेम भाव पढ्दापढ्दै भक्कानिन्छ सुकोमल मन खानी आमा प्रतिको प्रेम भाव छ । हरेक पल हरेक क्षण आमाका पीडा र खुसीको पललाई गीतका रूपमा मानिएको छ । आमा र गीत शीर्षकको कवितामा
आँखामा कहिले आँसुका गीत
ओठमा कहिले मुस्कानका गीत
जीवनका हरेक शून्यतामा÷कोलाहालमा
अध्यारोमा उज्यालोमा
सधैँ सधैँ सुनिरहेको हुन्थे म
तपाईंले गाएका मीठा गीत
छोरी शीर्षकको कवितामा छोरीले गर्ने धेरै कुराको सुन्दर रूपमा वर्णन गरिएको छ । प्रेमपुञ्ज छोरीले के गर्न सक्छिन भन्ने भाव लेखिएको छ ।
जीवनको सुन्दर बगैँचामा
पल्लवित छे प्रेमको स्निग्ध फूल
आज हाम्रै आँगनमा फुल्छे
सुवासित पार्छे घर
भोलि मन्दिर पुग्छे, पवित्र पार्छे मन्दिर
पर्सि पुग्छे अर्को गाउँ, अर्काे देश
भग्न टहरोलाई बनाउँछे
मायाको स्वर्णिम दरबार
बगरलाई नदी बनाउँछे
ढुङ्गालाई देवता
झारपातलाई बनाउँछे फूल ।।
कवितामा छोरीको प्रेमले भरिएको पल छ, गर्न सक्छे भन्ने विश्वास छ, उप्रति समर्पणको भाव छ ।
भाषाशैलीः
सुन्दर कृति रहेको छ । कविता विम्व प्रसस्त पाइन्छ । भाव विचार र कला प्रस्तुतिका दृष्टिले सुन्दर छ ।यो पुस्तकमा पचासवटा कविता समावेश गरिएको छ । एक सय आठ पेज रहेको छ । आफ्नोपन झल्काउने कविता छन् । मनभित्रका उकुसमुकुस पोखिएको छ ।
परिवेशः– यो सङ्ग्रहभित्र आफूलाई भेटिरहिन्छ । कतै छोरीको रूपमा, कतै प्रेमिका, कतै आमासँग कतै बाढीको बीचमा सन्तान मृत्युुको पीडाले हार्नुपर्ने जीवनको पीडा छ । जीवनका अनेक मोड गल्ली छन् । समयसँग बग्नुपर्छ भन्ने लाग्छ, जीवन फूल झैँ भएको अनुभूति हुन्छ । सुकोमल स्पर्शको अनुभूति हुन्छ ।
निष्कर्ष :
स्रष्टाको मनको भाव तरल, सरल र स्वतस्फूर्त बग्नुपर्छ भन्ने कुरा यो पुस्तकमा पाइन्छ ।
जीवन र जगतका बास्तबिकता हेर्ने साहित्य ऐना हो भन्ने धेरै कुरा बोलेको छ । सबैको पीडालाई स्रष्टाले भोग्छ र लेखेर सबैलाई सचेत पार्नु पर्छ । भन्ने उद्देश्यले लेखिएको सुन्दर पुस्तक जीवनलाई देख्नु भो कविता सङ्ग्रह रहेको छ । आफ्नोे वरिपरिको परिवेशलाई टपक्क टिपिएको छ । प्रेम सबैसँग गरिन्छ । कर्तव्य निर्वाह गर्दा कति कुरा भोग्नु
पर्छ । यो सङ्ग्रह भित्र छचल्केको मायाको भाव, अभावसँग जुधेँर कसरी समाजलाई पढ्न सकिन्छ भन्ने कुराको सरल रूपमा लेखिएको छ ।
साहित्यकार विवश पोखरेलको सफल साहित्य यात्राको कामना गर्दै बिदा चाहन्छु ।