कागेश्वरी मनोहरा नगरपालिका वडा नं २ का कृषकहरुलाई “किसान कार्ड”
कपन अनलाइन
काठमाडौं बैशाख १६। कागेश्वरी मनोहरा नगरपालिकाले वडा नं २ ले कृषकहरुलाई किसन कार्ड लिनको लागि अनुरोध गरेको छ। कागेश्वरी मनोहरा नगरपालिका वडा नं २ अन्तर्गत रहेका कृषि तथा पशु क्षेत्रमा योगदान पुर्याउदै आएका सम्पूर्ण कृषक तथा व्यवसाहीहरुलाई किसान कार्ड वितरण गरिने भएको हुँदा उक्त किसान कार्ड लिनको लागि आवश्यक कागजात सहित वडामा सम्पर्क राख्न वडा अध्यक्ष सुरज खड्काले सार्वजनिक सुचना मार्फत अनुरोध गरेका छन ।
वडा नं २ ले नागरिकताको प्रतिलिपि, सम्बन्धित व्यक्तिको ३ वटा फोटो, जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि, अरुको जग्गामा व्यवसाय संचालित भए करारनामाको प्रतिलिप, फार्मभए फार्म दर्ता र स्थायी लेखा नम्बर (पान) दर्ता प्रमाणपत्रको प्रतिलिपिसहित २०८० साल बैशाख १९ गते देखि २०८० साल बैशाख २१ गते सम्म बिहान ११ बजे देखि दिउसो ३ बजे सम्म वडा नं २ को कार्यालय भवनमा सम्पर्क गर्न समेत सोहि सुचना मार्फत सरोकार वालाहरुलाई अनुरोध गरेका छन ।