सूचना : कात्यायन (लघुकथा)

सूचना : कात्यायन (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २।

गाउँ उजाड थियो ।
वासिन्दाहरू शिक्षित !
त्यो बन्जर गाउँमा उसले केही जमिनहरू खरिद गर्यो  । उसको रहर थियो, सुख्खालाई हरियाली प्रदान गर्ने ।
सरकारलाई रेमिटेन्सको आवश्यकता थियो । र, युवाहरूलाई रोजगारी । पथभ्रष्ट अभिभावक भएपछि सन्तानहरू मतिभ्रष्ट हुनु स्वभाविकै भयो !
युवाहरू पलायन भएको गाउँमा, उसले उर्वर बनाउने अठोट गर्यो  । र, दूषाख्त हुँदै गएको वातावरणलाई जीवन्तता प्रदान गर्न, आफूले किनेको जमिनमा धेरै बिरुवाहरू लगेर वृक्षारोपण गर्यो  ।
तर, अफसोच ! कि त ती बिरुवाहरू उखेलिएका हुन्थे वा पूर्णरुपेणः गायब !
उ कहिल्यै थकित भएन । हारेन । र, अन्तिमपल्ट परिक्षण गर्यो , सूचना टाँस्यो ती शिक्षित समाजमा, ‘यी बिरुवाहरू चोरी वा विनाश गर्नेहरू, आफ्नी आमाहरूलाई हाटबजारमा लिलाममा राख्नेहरू हुन् !’

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।