काँध : गंगा खड्का (लघुकथा)

काँध : गंगा खड्का (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २।

‘होइन, आजकाल के भएको छ हँ हजुरलाई ? सबै प्रक्रिया पूरा भइसकेपछि छोरालाई अस्ट्रेलिया नजा भन्नुहुन्छ ?’ प्रमोदलाई श्रीमती शकुन्तलाले असन्तुष्टि प्रकट गरिन् । उनी केही बोलेनन् । ‘केही सोध्यो भने ढुङ्गा बोल्ला, मान्छे बोल्ने होइन । कि तपाईंलाई पैसाको माया लाग्यो ?’
शकुन्तला अलि चिढिँदै उनीमाथि खनिइन् । त्यसपछि उनले बडो गम्भीर भएर भने, ‘पैसाको मायाले होइन बूढी । एउटा छोरो अमेरिकामा पलायन भएको ९ वर्ष भइसक्यो । अब बाँकी भएको एउटालाई नि डाँडो कटाउँदा मरेपछि छिमेकीको काँधमा चढेर मसानघाट जानपर्ला कि भन्ने चिन्ताले हो बूढी !’

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।