शुभकामना स्कुल उत्तरबहिनीको अभिभावक तालिम भब्य रुपमा सम्पन्न

शुभकामना स्कुल उत्तरबहिनीको अभिभावक तालिम भब्य रुपमा सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,चैत्र १३ ।

शनिबार हिमाली घर रिसोर्टमा शुभकामना स्कुल उत्तरबाहिनी गोकर्णेश्वोरले आफ्ना अभिभावकहरुलाई असल र सुखी अनि खुशी परिवार कसरी बनाउने , जीवनमा खुसी कसरी ल्याउने अनि असल अभिभावक कसरी बन्ने , बालबालिकालाई कसरी हुर्काउने , मोबाइल लतबाट कसरी जोगाउने भन्ने विषयमा ३ घण्टासम्म सेमिनार गरेको छ ।

लाइफ कोच तथा मोटिभेशनल स्पिकर इश्वर श्रेष्ठका साथमा आयोजित उक्त कार्यक्रमको उद्घाटन गोकर्णेश्वर नगरपालिका वडा नं  ४ का वडा अध्यक्ष जयराम महतले गरेका थिए  । कार्यक्रममा बोल्दै वडा अध्यक्ष जयराम महतले शुभकामना स्कूलले आफ्ना अभिभावकलाई खुसी र सुखी देख्न खोज्नु अत्यन्त राम्रो काम रहेको धारणा राखेका थिए  ।

उक्त कार्यक्रमबाट आफूहरु धेरै खुसी भएको र विद्यालयले यस्तो कार्यक्रम राखेर अत्यन्त उत्कृष्ट कार्य गरेकोमा आफूहरुलाई शुभकामनाको अभिभावक हुनुमा गर्व महशुस भएको सुनाउनु भएको थियो । यस्ता कार्यक्रम बारम्बार गर्ने र शुभाकामनालाई यस क्षेत्रको नमुना स्कुल बनाउन आफूहरु लागि पर्ने कुरा स्कुलका संस्थापक प्रकाश अधिकारीले बताउनु भएको थियो ।

उनले कक्षा ४ सम्म पढाई हुने यस विद्यालय वर्षेनी नयाँ कक्षा थप गर्दै लाने जानकारी पनि गराएका थिए  ।

तपाइँको प्रतिक्रिया ।