बागमती कोरिडोर विस्तार गर्न गोकर्ण वन क्षेत्रको पर्खाल भत्काउन सांसद सन्तोष चालिसेको माग

बागमती कोरिडोर विस्तार गर्न गोकर्ण वन क्षेत्रको पर्खाल भत्काउन सांसद सन्तोष चालिसेको माग

कपन अनलाइन

काठमाडौँ, चैत्र १३ ।

काठमाण्डौ क्षेत्र नं  ३ का  प्रतिनिधि सभा सदस्य सन्तोष चालिसले बागमती कोरिडोर सडक विस्तारका लागि  गोकर्ण वन क्षेत्रको पर्खाल भत्काउन माग गरेका हुन् ।

आइतबारको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै उनले नेपाल ट्रष्टको  स्वामित्वमा रहेको गोकर्ण वन क्षेत्रको जग्गा परेकोले उक्त जग्गाको भोगाधिकार दिनुपर्ने माग गरेका हुन  ।

आफ्नो निर्वाचन क्षेत्र काठमाडौँ–३ अन्तर्गत पर्ने गुह्येश्वरी देखि सुन्दरीजलसम्म १० किलोमिटर मध्ये ५ किलोमिटर करिडोर खुलिसकेको भन्दै बाँकी ५ किलोमिटर मध्ये १०० मिटर क्षेत्रमा पर्ने गोकर्ण वनको पर्खाल भत्काउने व्यवस्था गर्न माग गरेका हुन् ।

उक्त पर्खाल भत्काएर बाँकी ५ किलोमिटर करिडोर विस्तार गर्न सकिए बागमती करिडोर सडकले सुन्दरीजलसम्म सुविधा पुग्ने उनको भनाइ रहेको थियो  ।

तपाइँको प्रतिक्रिया ।