शुभकामना स्कूल तथा ज्ञान वृक्ष पब्लिकेसन प्रालिको आयोजनमा प्रि प्राइमरी शिक्षक तालिम सम्पन्न

शुभकामना स्कूल तथा ज्ञान वृक्ष पब्लिकेसन प्रालिको आयोजनमा प्रि प्राइमरी शिक्षक तालिम सम्पन्न

कपन अनलाइन

काठमाडौं, चैत ५  ।

चैत्र ४ गते शनिबारका दिन शुभकामना स्कूल तथा ज्ञान वृक्ष पब्लिकेसन प्रालिको संयुक्त आयोजनामा शुभकामना स्कूल , उत्तर बाहिनी ,गोकर्णेश्वर मा एक दिने निशुल्क प्रि प्राइमरी शिक्षक तालिम सञ्चालन भएको छ ।

विभिन्न १२ वटा विद्यालय का ४३ जना शिक्षक शिक्षिकाहरु लाई ट्रेनर प्रतीक्षा मगर द्वारा तालिम प्रदान गरिएको थियो ।  तालिमको संयोजन शुभकामना स्कुलका संस्थापक अध्यक्ष प्रकाश अधिकारीले गरेका थिए भने  शुभकामना स्कुलका प्रिन्सिपल सुमित्रा धिमालले सबैलाई स्वागत गरेकी थिइन्।

कार्यक्रम मा KEDC का मार्केटिङ म्यानेजर सुजन अधिकारी , शुभ बिहानी किड्स का प्रिन्सिपल सीता पाण्डे , little wonderland स्कूलका प्रिन्सिपल जानकी खड्का , happy kids का प्रिन्सिपल सन्तोष श्रेष्ठ तथा ड्रिमस्टार मन्टेश्वरीका प्रिन्सिपल रेखा गिरी लगायतको  उपस्थिति रहेको थियो ।

कार्यक्रम अत्यन्त उत्कृष्ट रहेको सहभागी विद्यालयका प्रतिनिधिहरूले प्रतिक्रिया दिएको कार्यक्रमको आयोजक  शुभकामना स्कूलले हाल कक्षा ३ सम्म संचालन गर्दै आएकोमा यस वर्ष देखि कक्षा चार पनि सञ्चालन गर्ने भएको छ ।

तपाइँको प्रतिक्रिया ।