वसन्त ऋतुको पहिलो दिन NRN NCC Kyrgyzstan द्वारा शुभकामना आदानप्रदान

वसन्त ऋतुको पहिलो दिन NRN NCC Kyrgyzstan द्वारा शुभकामना आदानप्रदान

कपन अनलाइन

काठमाडौं, चैत ५  ।

२१ मार्च किर्गिस्थान नौरोज (Nowruz)  वसन्त ऋतुको पहिलो दिन जुन किर्गिस्थान,उजबेकिस्थान,पाकिस्थान,टर्की,भारत, ईरान,ईराक लगाएत विभिन्न देशमा सामान्यतया २१ मार्चका दिनमा मनाउने गरिन्छ।

यसै अवसरमा NRN NCC Kyrgyzstan द्वारा किगिस्थानमा पनि ATF मेडिकल कलेजको प्रांगणमा विभिन्न देशका विद्यार्थी तथा शिक्षकहरु संलग्न भई यस पर्वको शुभकामना आदान-प्रदान तथा आ-आफ्नो देशको संस्कृति झल्किने गरी प्रदर्शनहरु आयोजना गरिएको थियो। यसै अवसरमा त्यहाँ रहेका नेपाली विद्यार्थीहरुद्वारा नेपालको संस्कृति झल्किने गरि प्रदर्शन गरिएको थियो।

उक्त कार्यक्रममा नेपाल लगाएत भारत, श्रीलंका,बंगलादेश, किर्गिस्थान,पाकिस्थान, उजबेकिस्थान लगायत देशका नागरिकहरुले प्रदर्शन देखाएका थिए। उक्त कार्यक्रममा NRN NCC किर्गिस्थानका अध्यक्ष डा. किशन भण्डारी, उपाध्यक्ष डा. कृष्ण बडाल,महासचिव डा. रवि रोशन खड्का,सचिव रन्जित थापा मगर महिला संयोजक नम्रता शर्मा, कोषाध्यक्ष मिना ज्ञवाली, सदस्य राम बहादुर वन लगायत सम्पूर्ण पदाधिकारीहरु संलग्न हुनुभएको थियो।

कार्यक्रममा अध्यक्ष डा. भण्डारीले यस पर्वको उपल्यक्षमा शुभकामना दिदै कार्यक्रमको उद्‌घाटन गनुभएको थियो। करिब २ घण्टाको कार्यक्रमपछि फेरी अर्को कार्यक्रममा चाडै भेटघाट गने निधो गर्दै कार्यक्रम समापन भएको NRN NCC किर्गिस्थानका सचिव रन्जित थापा मगरले जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।