साम्तेन मेमोरियल एजुकेसन एकेडेमीको १८ औ वार्षिकोत्सव सम्पन्न

साम्तेन मेमोरियल एजुकेसन एकेडेमीको १८ औ वार्षिकोत्सव सम्पन्न

कपन अनलाइन

काठमाडौं, चैत ५।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको साम्तेन मेमोरियल एजुकेसन एकेडेमीको १८ औ वार्षिकोत्सव सम्पन्न भएको छ । बुढानिलकण्ठ नगरपालिकाको शिक्षा ,खेलकुद तथा युवा महाशाखाका प्रमुख ललित विक्रम सिंहको प्रमुख आतिथ्यता तथा विद्यालय संचालक  समितीका अध्यक्ष बिनोद कुमार तामाङको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुले  विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का अध्यक्ष राजु अधिकारी ,सदस्य शर्मिला गौतम ,SAT का अध्यक्ष विजय खरेल  सहित विभिन्न कलाकारहरु र विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको कार्यक्रममा प्रिन्सिपल गोविन्द सिंह धामीले विद्यालयका उपलव्धिहरुका वारेमा प्रकास पारेका थिए।

 

चैत्र ३ र ४ गते दुन दिन भएको १८ औ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहमा शिक्षिकाहरुको नृत्य प्रस्तुति सहित विभिन्न रचानामत्क गतीविधिहरु रहेका थिए।कार्यक्रमको संचालन भाइस प्रिन्सिपल दिनेश भुजेलले गरेका थिए।

 

तपाइँको प्रतिक्रिया ।