देशको मुटु : गंगा लिगल (कविता )

देशको मुटु : गंगा लिगल (कविता )

कपन अनलाइन

काठमाण्डौ ,फागुन ६।

विशाल हुनु पर्छ देशको मुटु
सरल र उदात्तत यसको खुवी नै हो
कोमल र सुवासमय र सरसान
झरना झैं निरन्तर बन्नुपर्छ कंचन ।

पगपग र पलपलमागाम्भीर्यता
असिमित धैर्यताका सागर बन्नुपर्छ
माटोको मुस्कानलाई आफ्नो सम्झी
लेक वेसी पखेरा स्थायी घर मानी ।

रोम रोममा देशको चिन्तन
अनिफुलेको फूलमा देशको उमंग
हृदय विदारक घटनाको साथै
राष्ट्रप्रेममा हुनुपर्छ समर्पित

तन मन धनधर्ती मै चाहिन्छ
उन्नतिको ज्वाल संगै
होस्टेमा एक साथ हैंसे गर्दै
एक साथ सबमा समाहित हुनु पर्छ ।

चौतर्फी ज्ञान मान्य वस्तु संगै
साहित्य जगतमाविभोर भै
अन्तर्दिलका भावनाबोकि
राष्ट्र र राष्ट्रियतामा घोलिनु पर्छ ।

स्वछन्दता र सहिष्णुता जस्ता गुणहरु
दैन्यताको भव्य दैलो दैलो छानी
कारुण्य रोदनको साथदी
धरतीमा समानता ल्याउनु पर्छ ।

जन मानसमा शान्ति र प्रेम भर्दै
युगयुगको पुकारलाई सुन्दै
प्रत्येक कार्यमा सहभागी भै
सहयोगी भावना दर्शाउनु पर्छ

जन मानसमा सहयोग र सान्त्वनादिदै
नव उषामा लालित्य र प्रकाशभर्दै
देशको बलियो कर्णधार बनी
नेपाली आशाका केन्द्रविन्दु बन्न पर्छ ।

सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।