दुरुपयोग : राजेश भट्टराई (लघुकथा)

दुरुपयोग : राजेश भट्टराई (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,फागुन ६।

‘ओ बाजे, दारु खाएको पैंसा त दिनुस्, कति झुलाउनुहुन्छ ?’ भन्यो होटल वालाले ।
हात उठाउँदै ‘पर्ख न पर्ख, नभएर पो नदिएको हुँ, भएपछि त दिई हाल्छु नि ।’ उनले भने ।
आजउनीमख्ख परेर होटलमा छिरे । अनि एउटा टेबुलमा बसे र भने ‘ओ साहु भाइ ! ल कोदाको एक बोतल र एक प्लेट छोइला लेऊ त । झ्याम्म खानपर्यो ।’
‘कहाँ बाजे पनि, एक महिना पहिला खाएको त दिनु भा छैन’, अनकनाउँदै
भन्यो ।
‘खुरुक्क ल्याऊ भनेपछि ल्याऊ न, तिम्रो त्यो जाबो पैंसा मुखैमा फालेर हिँडदिन्छु, पहिलेको र अहिले खाएको जोडेर ।’
जाने बेलामा दम्भ देखाउँदै उनले भने ।
ल साहु भाइले पाँचै मिनेटमा ल्यायो । अनि सोध्यो, ‘आज त खुब फुर्केर आउनु भा’छ । कहाँबाट ल्याउनु भयो, पैंसा ?’
जुङ्गामुसार्दै भने ‘आज मैँले, चार महिनाको एकैपल्ट बृद्धभत्ता बुझेँ ।’

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।