गजल : दिपक पनेरु

कपन अनलाइन

काठमाडौँ, माघ २१ ।

हरेक रात अनिंदो मै उठाउँछ मलाई यो भाडाको घरले
रातको निन्द्रा मेरो दिनको भोक उडाउँछ यो भाडाको घरले

जिम्मेवारी छ ठुलो तर जागिर सानो छ यो राजधानीमा
भोको पेट नाङ्गो खुट्टा पैदल दगुराउँछ यो भाडाको घरले

किन्नै प¥यो राशन किन्नुपर्छ पानीपनि पढाइ खर्च उस्तै
धान्नै नसक्ने खर्चले मेरो बिपी बढाउँछ यो भाडाको घरले

छैन लाउने लुगागतिलो जुत्तामोजा उस्तै पुरानो फाटेको
सक्छ तलब घरखर्च मै लोप्पा खुवाउँछ यो भाडाको घरले

न खान सक्छु मिठो कहिले न लाउन सक्छु राम्रो कपडा
थाहा छैन मलाई कहिलेसम्म सताउँछ यो भाडाको घरले ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।