कपन जोरधारा खानेपानी समस्या : नगरपालिकाले बोरिङ खन्ने र केयुकेएलले पाइप जोड्ने

कपन जोरधारा खानेपानी समस्या : नगरपालिकाले बोरिङ खन्ने र केयुकेएलले पाइप जोड्ने

कपन अनलाइन

काठमाण्डौ ,माघ २१।

असोजको अन्तिम साता देखि खानेपानी वितरण बन्द भएको कपन जोरधारा खानेपानी संरक्षण संस्थाको समस्या समाधान उन्मुख भएको छ। बुढानिलकण्ठ नगरपालिकाले बोरिङ खन्ने रकाठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (KUKL) ले पाइप जोड्न बजेट व्यवस्थापन गरे संगै करिव ८ सय घरधुरीहरुले भोग्दै आएको खानेपानीको समस्या समाधान हुने भएको हो।

२०५९ साल देखि कपन क्षेत्रमा तिन वडा वडाका विभिन्न स्थानमा पाइपलाइन विस्तार गर्दै खानेपानीको सेवा प्रदान गर्दै आइरहेको कपन जोरधारा खानेपानी संरक्षण संस्थाको सेवा बन्द भए संगै स्थानीयहरु खानेपानी किनेर खान बाध्य बनेका छन।

नयाँ डिप बोरिङ खन्ने कि उपत्यका खानेपानीबाट कपन जोरधारा खानेपानी संरक्षण संस्थाको संरचनामा पानी वितरण गर्ने ?भन्ने विषयमा  केहि महिना बितेपछि नगरपालिका बोरिङ्ग खन्न र केयुकेएल ४ इन्चको पाइप लाइन विस्तार गर्न सहमत भएका हुन् ।

राजनीतिक दलहरुले भागबन्डामा समिति चयन गर्ने चलन चलाएको कपन जोरधारा खानेपानी संरक्षण संस्थाको नयाँ बोरिङ्ग खन्नका लागि नगरपालिकाले करिव २९ लाख बजेट उपलव्ध गराउने छ भने ३ लाख २४ हजार उपभोक्ता समितीले व्यवस्थापन गर्नेछ भने महाँकाल देखि पाइपलाइन विस्तारका लागि केयुकेएलले करिव ८४ लाख बजेट उपलव्ध गराएको छ।

कपन क्षेत्रको खानेपानी समस्या समाधानका गर्न दुई महत्वपूर्ण योजनाका लागि १ करोड १६ लाख भन्दा बढी बजेट व्यवस्थापन भए संगै संस्थाले माघ २२ गते आइतवार बिहान ८ बजे संस्थाको सभाहलमा छलफलको समेत आयोजना गरेको छ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।