परराष्ट्र मन्त्री पौड्याल र श्रीलंकाका प्रधानमन्त्री विच भेट

परराष्ट्र मन्त्री पौड्याल र श्रीलंकाका प्रधानमन्त्री विच भेट

कपन अनलाइन

काठमाडौँ, माघ २१ ।

परराष्ट्रमन्त्री ड.बिमला राई पौड्यालले श्रील.काका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेट गरेकी छन  ।

श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन पुगेकी  मन्त्री पौड्यालले गएराती त्यहाँका प्रधानमन्त्रीसँग भेट गरी दुई देशबीचको आपसी सबन्ध र सहकार्यका विषयमा छलफल गरेकी थिइन्  ।

श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेले नेपाल र श्रीलंकाबीच पुरानो मित्रता रहेकाले आपसमा सहार्य गरी अघि बढ्ने प्रतिवद्धता जनाएका थिए  ।

प्रधानमन्त्रीसँगको भेटअघि परराष्ट्रमन्त्री पौड्यालले श्रीलंकाका विदेशमन्त्री एमयूएम अली सब्रिसँग भेट गरेकी छन भने  श्रीलंकाको स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा सहभागीबनेकी छन ।

परराष्ट्मनत्री पौड्याल सुर्योदयसँगै श्रीलंकाको स्वतन्त्र दिवसको अवसरमा आयोजित झण्डोत्तलोन र परेड कार्यक्रममा परराष्ट्रमन्त्री सहभागी भएकी थिइन्  । उनले आज दिउँसो श्रीलंकाका राष्ट्रपति रणिल विक्रमासिंघेसँग शिष्टाचार भेट गर्नेछन  ।

तपाइँको प्रतिक्रिया ।