गोकर्णेश्वर नगरपालिका द्वारा वडा नं. १मा विद्युतिय चुलो  वितरण

गोकर्णेश्वर नगरपालिका द्वारा वडा नं. १मा विद्युतिय चुलो  वितरण

कपन अनलाइन

काठमाडौं माघ २१ । गोकर्णेश्वर नगरपालिका द्वारा वडा नं. १ मुलखर्क स्थित सुन्दरीमाई स्कुलमा नवीकरणीय उर्जा प्रविधि जडान कार्यक्रम अन्तर्गत विद्युतिय चुलो  वितरण गरिएको  छ ।

शुक्रबार एक कार्यक्रमका बीच  गोकर्णेश्वर नगरपालिका वडा नं. १ को कार्यालयको सिफारिसमा १५० वटा विद्युतिय चुलो गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसाल, नगर उप प्रमुख सान्नानी लामा , गोकर्णेश्वर नगरपालिका वडा नं  १ का वडा अध्यक्ष द्धारिका श्रेष्ठ , वडा सदस्य कृष्ण तामाङ लगायतले  स्थानीयको  उपस्थितीमा   वितरण गरिएको  थियो    ।

अन्य इन्धनभन्दा सस्तो, भान्सा सफा र आधुनिक देखिने, पकाउन सजिलो र सुरक्षित हुने, आगो नफैलने लगायतका कारणले विद्युतीय चुलोप्रति उपभोक्ताको आकर्षण समेत  बढेको छ । नगरपालिकाले आवश्यकता हेरी अन्य वडामा पनि विद्युतीय चुलो वितरण गर्ने जनाएको छ ।

 

तपाइँको प्रतिक्रिया ।