कपन साहित्य समाजको ‘कसास यात्री स्मृति सम्मान’ तथा कविता विशेषाङ्क विमाेचन

कपन साहित्य समाजको ‘कसास यात्री स्मृति सम्मान’ तथा कविता विशेषाङ्क विमाेचन

कपन अनलाइन

काठमाडौँ, माघ २१ ।

कपन साहित्य समाजले  ‘कसास यात्री स्मृति सम्मान-२०७७’ वरिष्ठ साहित्यकार प्रा डा अभि सुवेदीलाई र ‘कसास यात्री स्मृति सम्मान-२०७८’ वरिष्ठ साहित्यकार प्रा डा गार्गी शर्मालाई प्रदान गरेको छ।

कपन साहित्य समाजका परिकल्पनाकार एवं संस्थापक संरक्षक साहित्यकार अन्वेषक स्व. पूर्णप्रकाश नेपाल यात्रीको स्मृतिमा स्थापित ‘कसास यात्री स्मृति सम्मान ‘ प्रदान गर्दै  कपन दर्पण कविता विशेषाङ्क विमाेचन गरिएको थियो।

१११ राष्ट्रिय तथा नवोदित कवि कवयित्रीहरुको रचना समेटिएको विशेषाङ्कमा डा रामप्रसाद ज्ञवालीको ‘कविताका आधारभूत मानक तथा कविता – मूल्याङ्कनका प्रमुखक आधार शीर्षकको अग्रलेख रहेको छ।

समाजका अध्यक्ष गणेशकुमार मिश्रको सभापतित्वमा आयोजित समारोहमा समाजका संरक्षक तथा बुढानिलकण्ठ नगर प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यतामा भएको  कार्यक्रममा सम्मानित श्रष्टा प्रा डा अभि सुवेदी र प्रा डा गार्गी शर्माका वारेमा प्रा डा शैलेन्दु प्रकाश नेपालले  टिप्पणी गरेका थिए

समाजका अध्यक्ष  अध्यक्ष गणेशकुमार मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा  उपाध्यक्ष डा. विष्णु केसीले स्वागत र  महासचिव लक्ष्मण अधिकारीले संचालन गरेका थिए।

तपाइँको प्रतिक्रिया ।