बिछोडको पल : नम्रता श्रेष्ठ (कविता )
कपन अनलाइन
काठमाण्डौ ,माघ १३।
यादहरुलाई घर भनाइ छाडि जानू भयो हजुर
मुटु दुख्यो पीडा भयो आँसु बगाइ कसरी बसुम ।
कोल्टे फेर्दै रात बित्यो भिज्यो सारा सिरानी
कसरी कटाउ दिन मैले पानी बिना माछा बनि ।
दिन र रात एकै लाग्यो लागेनन् नि घाम जुन
सकिन मैले हजुर गएको जहाजलाई छुन ।
प्रत्येक जहाज छुट्थियो जब मुटु दुख्ने गर्थियो
लाग्थ्यो एकपटक त हजुरलाई छुन पाए हुन्थ्यो ।
मुटु भरी पिडा बोकि आगो बिनाजलिरहे
खडेरिमा झरेका ती पात जस्तो सुकिरहे ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।