गोकर्णेश्वर -३  मा ज्येष्ठ नागरिकहरुको दृष्टि परिक्षण तथा निःशुल्क चस्मा वितरण कार्यक्रम  सम्पन्न

गोकर्णेश्वर -३  मा ज्येष्ठ नागरिकहरुको दृष्टि परिक्षण तथा निःशुल्क चस्मा वितरण कार्यक्रम  सम्पन्न

कपन अनलाइन 

काठमाडौं पौष २१। गोकर्णेश्वर नगरपालिका वडा नं.  ३  मा ज्येष्ठ नागरिकहरुको दृष्टि परिक्षण तथा निःशुल्क चस्मा वितरण कार्यक्रम  सम्पन्न भएको छ ।   बुधबार  गोकर्णेश्वर नगरपालिका र सशक्तीकरण अवसरको सहकार्यमा ६० वर्ष माथिका ज्येष्ठ नागरिक वडा बासीहरुलाई   वडा कार्यलय मा    दृष्टि परिक्षण तथा निःशुल्क चस्मा वितरण कार्यक्रम  सम्पन्न भएको हो ।

उक्त  कार्यक्रममा  वडा अध्यक्ष    मुरारी प्रसाद  कुइकेल  वडा सदस्यहरु लक्ष्मी भण्डारी, बुद्धि  बहादुर श्रेष्ठ,   वडाका कर्मचारी,     स्वास्थ्यकर्मी लगायत    स्थानीय ज्येष्ठ नागरिकहरुको  उपस्थिती रहेको थियो । बिहान  १० बजे देखि अपरान्ह ३ बजे सम्म चलेको उक्त स्वास्थ्य शिविरमा  करिब १ सय  २०   जना ज्येष्ठ नागरिकहरुको नि:शुल्क दृष्टि परिक्षण गरिएको र  करिब   १सय १५   जनालाइ निशुल्क चस्मा वितरण गरिएको  वडा  अध्यक्ष मुरारी प्रसाद   कपन अनलाइनलाइ जानकारी गराए ।

स्वास्थ्य सेवामा सहज, सुलभ र समान पहँच  बिस्तार गर्ने उद्धेश्य सहित कार्यक्रमको आयोजना गरिएको वडा  सदस्य बुद्धि बहादुर श्रेष्ठले  जानकारी गराए ।उमेर ढल्किदै जाँदा आँखा सम्बन्धी समस्याका कारण कठिनाइ भोग्न नपरोस् भन्ने उद्देश्यले गोकर्णेश्वर नगरपालिका र सशक्तीकरण अवसरको सहकार्यमा सबै वडा समेटिने गरी  शिविर सञ्चालन गरिएको उनले प्रष्ट पारे।   निशुल्क आँखा परिक्षण र चस्मा पाउदा ज्येष्ठ नागरिकहरु खुसि देखिन्थे।

तपाइँको प्रतिक्रिया ।