विद्यालय विदा सम्बन्धमा बुढानिलकण्ठ नगरपालिकाको सुचना,”हेडसरहरु” हेरेको हेर्यै …

विद्यालय विदा सम्बन्धमा बुढानिलकण्ठ नगरपालिकाको सुचना,”हेडसरहरु” हेरेको हेर्यै …

कपन अनलाइन

काठमाण्डौ ,पुस २१।

बुढानिलकण्ठ नगरपालिकामा केहि समय देखि चलिरहेको विद्यालयको हिउँदे विदा सम्बन्धि विवाद टुंगिएको छ।

कोरोना प्रकोपको बढ्दो संक्रमण र वार्षिक अध्यापनको समय अपुग जस्ता कारण देखाउदै एक हप्ता मात्र विदा गर्ने नगर शिक्षा शाखाको प्रस्तावमा केहि समय असन्तुस्ट देखिएका प्रधानाध्यापकहरु  हेरेको हेर्यै  बनेका छन।

विगतमा लामो समय विदा हुनुपर्ने हेडसर तथा सरहरुको माग भएपनि  नगरपालिकाले सुचना जारी गर्दै २०७९ शाल पुस २४ गते देखि माघ २ गते सम्म  जम्मा ९ दिन विदा दिने जानकारी दिएको छ।

बुढानिलकण्ठ नगरपालिका शिक्षा महाशाखाका अधिकृत इन्द्र नेपालले जारी गरेको सुचनामा माघ ३ गते देखि नियमित पठन पाठन गराउन अनुरोध समेत गरिएको छ।

सुचना :

May be an image of text that says '"स्वच्छ, शान्त, समृद्ध पर्यटकीय नगर बूढानीलकण्ठ" बूढानीलकण्ठ नगरपालिका नगर कार्यपालिकाको कार्यालय हात्तीगौडा, काठमाडी बागमती प्रदेश, नेपाल १६६००१०००३२ ०१-४३७२७२५ प.सं:- ०७९/०६० च.न-०९६ मिति २०७९ ०९ २० दननीलकण्ठ बागमती नेपाल २०७४ विषय विद्यालय विदा सम्बन्धमा श्रीसवै सामुदायिक विद्यालयहरु, बूढानिलकण्ठ नगरपालिका प्रस्तुत विषयमा यस नगरपालिकाले भखरै संचालनमा ल्याएको शिकाई क्षति न्यूनिकरणका लागि सघन शिक्षण सिकाई कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ुपर्ने भएकोले दोश्रो त्रैमासिक परीक्षा पश्वात मिति २०७९ २४ गतेदेखि २०७९ 1૧0।०२ सम्म हिउँदे विदा दिई सो पश्वात अन्य दिनहरुमा नियमित विद्यालय सचालन गर्ने निर्णय भएकोले सोही अनुसार कार्यान्वयन गर्ु गराउनुहुन निर्देशानुसार अनुरोध छ। इन्द्र दाहाल अधिकृत आठौं वेब साईट:www.budhailkanthamun.gov.np, Email: info@budhanilkanthamun.gov.np, budhanilkanthamun@gmail.com'

तपाइँको प्रतिक्रिया ।