काठमाण्डौ क्षेत्र नं ४ को खस आर्य तर्फ महाधिवेसन प्रतिनिधिमा कुमार खड्काको उम्मेद्वारी
कपन अनलाइन
काठमाडौं, असोज ११।
नेपाली कांग्रेसका युवा नेता कुमार खड्काले १५ औ महाधिवेसनमा खस आर्य तर्फ महाधिवेशन प्रतिनिधिमा दावी गर्ने तयारी गरेका छन। लामो समयदेखी नेपाली कांग्रेसका विभिन्न जिम्मेवारी बहन गरेका खड्काले काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसन प्रतिनिधिमा दावी गरेका हुन्।
असोज १० गते हुने महाधिवेसन प्रतिनिधि छनौटको निर्वाचनमा दावी गरेका खड्का सामाजिक सेवा,उद्यमशीलता र मानवीय सेवाको क्षेत्रमा सक्रिय रहेका छन ।
सर्लाहीको जन्मभूमिबाट आफ्नो जीवनयात्रा सुरु गरेका उनले नेपाली कांग्रेस, काठमाडौं क्षेत्र नं. ४ अन्तर्गत बुढानीलकण्ठ नगर कार्यसमितिका सह–सचिव तथा स्वास्थ्य विभाग प्रमुखका रूपमा योगदान दिएका छन।
जी.पी. कोइराला फाउण्डेसन, बागमती प्रदेशका पूर्व सह–संयोजक र हाल सचिव रहेका खड्काले लायन्स क्लब काठमाडौं कपनका चार्टर सदस्य हुँदै सचिव,अध्यक्ष, डिस्ट्रिक्ट चेयरपर्सन तथा जोन चेयरपर्सन सम्मका जिम्मेवारी सम्हालेका छन।
TU ब्लड बैंकसँग पनि सदस्य रहेका उनले हालै रसुवा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा रु. ५०,००० तथा नेपाली कांग्रेस डिजास्टर फण्डमा रु. १०,००० सहयोग गरेका थिए।
बुढानीलकण्ठमा गणदीप पश्मिना उद्योग तथा भेज एण्ड स्विस पश्मिना उद्योग सञ्चालन गर्दै आएका उनि लामो समयदेखि नेपाल पश्मिना संघसँग आबद्ध रहेका छन।
