साँखुको शालिनदी क्षेत्रमा लाग्ने एक महिने माधव नारायण श्री स्वस्थानी मेलाको तयारी पुरा

साँखुको  शालिनदी क्षेत्रमा लाग्ने एक महिने माधव नारायण श्री स्वस्थानी मेलाको तयारी पुरा

कपन अनलाइन

काठमाडौँ, पौष १६।

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म  शङ्खरापुर नगरपालिका स्थित शालिनदी क्षेत्रमा  लाग्ने एक महिने ,माधव नारायण श्री स्वस्थानी मेलाको   तयारी पुरा भएको छ। यही पौष  २२ गतेदेखि माघ २२ गतेसम्म सञ्चालन हुने ब्रत तथा मेलाको सम्पूर्ण तयारी पूरा भएको श्रीमाधवनारायण श्रीस्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिएका छन।

मेला सञ्चालनका लागि ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, धार्मिक र पौराणिक महत्वको सहर साँखुका आठवटै टोलबाट पालैपालो अध्यक्ष छान्ने व्यवस्था गरिएको छ । यस पटकदेखि दुई वर्षका लागि साल्खा टोलका बालकृष्ण अध्यक्ष  बनेका छन ।शुक्रबार साँखुमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष श्रेष्ठले शालिनदीमा एक महिने व्रत वस्न चाहने व्रतालुहरुको अधिक सेवा र सुविधाको लागि पहिले नै लगत संकलनको लागि नाम दर्ताको व्यवस्था गरिएको जानकारी दिएका छन् ।व्रतालुहरुलाई साँखुबाट बाहिर परदेश ,पशुपति, फर्पिङ, पनौति र चाँगुनारायण  लगिने क्रममा आवश्यक सरसामान ओसार्नको लागि गाडीको व्यवस्था गर्ने, आवश्यक सरसहयोगका लागि नेपाल स्काउट सक्व क्रु लगायत बन्दोबस्तीका सामान सहित स्वयमसेवकहरु परिचालित गर्ने बताएका छन् ।

साँखु सालीनदी पुग्नका लागि  शालिनदी यातायात प्राली, बाबा गोकर्णेश्वोर यातायात प्राली लगायतले यातायात सेवा प्रदान गर्ने र प्रत्येक गाडिमा भाडादर समेत टाँसेर सेवा सुविधा दिने, सुरक्षाका लागि सालीनदी परिसरभित्र विभिन्न स्थानमा सिसिटिभी क्यामेराको व्यवस्था मिलाउनुका साथै सामुदायिक प्रहरी सेवा केन्द्र तथा महानगरीय प्रहरी प्रभाग साँखुको टोली परिचालन गरिने जानकारी दिइएको छ ।

यस्तै भक्तजनहरुका लागि स्वास्थ्यकर्मीहरु सहितको प्राथमिक उपचार कक्ष राखि निःशुल्क रुपमा औषधोपचारको व्यवस्था गरिने, भक्तजनहरुको लागि निःशुल्क खानेपानी वितरण गरिने, कोभिडको जोखिमलाई ध्यानमा राख्दै निःशुल्क मास्क वितरण गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।मेलामा देश तथा विदेशबाट ३० देखि ३५ लाख सम्म धार्मिक पर्यटक आउने सालीनदी सुधार समितिले अपेक्षा लिएको छ । उक्त पत्रकार सम्मेलन एल पि श्रेष्ठले संचालन गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।