नेपाली लघुकथाको विकासमा मुहार पुस्तिका: डा. शेखरकुमार श्रेष्ठ

नेपाली लघुकथाको विकासमा मुहार पुस्तिका: डा. शेखरकुमार श्रेष्ठ

कपन अनलाइन

काठमाण्डौ ,पुस ९ ।

१ विषयपरिचय
युगीन विश्व विज्ञान र प्रविधिबाट प्रभावित छ । विज्ञानप्रविधिको विकास सबैभन्दा बढी सञ्चारमा भएको छ । अहिले यसको प्रवेश हरेक व्यक्तिको हात हातमा छ । यसको प्रयोगले कम्प्युटर र ल्यापटप मात्र होइन मोबाइल पनि सशक्त र सिर्जनशील बन्दै गएको छ । यसै कारण छापामा सीमित भएको साहित्य विद्युतीय सञ्चार साधनबाट हात हातमा फैलिएको छ । यसैको उपज साहित्य विकासमा मोबाइल सेतु बनेको छ ।
साहित्य विकासका लागि अहिले विद्युतीय पत्रिकालगायत मुहार पुस्तिकाका पृष्ठहरू सव्रिmय छन् । यिनमा लघुकथा प्रेषित गर्ने, पढ्ने, प्रतिव्रिmया लिनेदिनेलगायत समीक्षा गर्ने काम भएका छन् । यसका साथै यिनमा प्रत्यक्ष वा अपरोक्ष रूपमा कथा वाचन गर्ने काम पनि भएको छ । अझ केही लघुकथाका पृष्ठले लघुकथाका विज्ञका साथै लघुकथाका सर्जक आमन्त्रित गरेर समीक्षा गर्ने काम गरेका छन् । यसका साथै कतिपय स्रष्टा, लघुकथा अनुरागीहरूले आफ्ना तथा अरूका मन पर्ने लघुकथाहरू वाचन गरी युट्युबमा राखेर प्रचार गर्ने कामसमेत गरेका छन् । यसले लघुकथालाई पाठ्य मात्र नभई वास्तविक रूपमा श्रव्य बनाएको छ । यसका साथै कतिपय स्रष्टाले लघुकथा वाचन गर्दा अभिनय पनि गरेका छन् । यसले लघुकथा लेखन, पठन, श्रवण र हेर्ने परम्परा वृद्धि भएको छ । लघुकथामा आएको यही विकाससँगै समीक्षक र प्रतिव्रिmयाकारहरूको सङ्ख्या पनि उल्लेख्य वृद्धि हुँदै गएको छ । प्रविधिको प्रयोगले गर्दा नै नेपाली लघुकथा विश्वका साहित्यप्रेमीसँग नजिकिन पुगेको छ । साहित्यकार र कृतिहरूको साझा सम्पर्क मुहार पुस्तिका बनेको छ । साहित्यकारबिच साहित्यिक नाता जोडिएको छ । लघुकथा विधामा स्रष्टाले प्रयोग गर्ने शैली र शिल्पको प्रचार भएको छ । यिनै कुरालाई ध्यान दिई नेपाली लघुकथाको विकासमा भूमिका खेल्ने पृष्ठको परिचय यहाँ प्रस्तुत गरिएको छ ः
१.१ बार्दली लघुकथा विशेष
बार्दली लघुकथा विशेष २०६८ कात्तिक २१ बाट सञ्चालनमा आएको पृष्ठ हो । यसका व्यवस्थापक दीपक समीप हुन् । यस पृष्ठको सुरुआत अन्य लघुकथा पृष्ठभन्दा पहिले भएको देखिन्छ । त्यसै कारण यसले पत्रपत्रिका तथा पुस्तकमा प्रकाशन गर्ने अनि रेडियो, एफएमबाट पढेर सुनाउने व्रmमलाई सामाजिक सञ्जालअन्तर्गत मुहार पुस्तिकासँग मोबाइल प्रयोगकर्ताको हात हातमा लघुकथा पढ्ने वातावरण सिर्जना गरेको छ । यसमा लेखकसहित एक हजार पाँच सय सदस्य रहेका छन् । हाल यसमा लघुकथाहरू प्रेषित भए पनि पाठकहरूको सव्रिmयता देखिँदैन ।
१.२ लघुकथा कुनो
नेपाली लघुकथाको विकासमा महत्वपूर्ण योगदान दिने मुहार पुस्तिकाका पृष्ठमध्ये लघुकथा कुनो पनि एक हो । यसको सञ्चालन २०६८ साल माघ २८ गतेबाट भएको देखिन्छ । यो पृष्ठ स्थापनाको श्रेय साहित्यकार नारायण तिवारीलाई जान्छ । यस पृष्ठले पत्रपत्रिका तथा पुस्तकमा प्रकाशन गर्ने अनि रेडियो, एफएमबाट पढेर सुनाउने व्रmमलाई मुहार पुस्तिकामार्फत जोडेर व्यापक बनाउने काम गरेको छ । लघुकथाको विकास, विस्तार, प्रवर्धन र उन्नयन गर्ने उद्देश्य लिएर खोलिएको यस पृष्ठले साहित्यमा रुचि राख्नेलाई लघुकथा लेखनमा आकर्षित गर्ने र उत्साह भर्ने काम गरेको छ । यसले नै मुहार पुस्तिकामा प्राज्ञिक व्यक्तिहरूबाट लघुकथाहरूको टीकाटिप्पणी र समीक्षा गर्ने कामको सुरुआत गरेको हो । यस पृष्ठले लघुकथाकारहरूलाई प्रत्यक्ष रूपमा समीक्षकसँग जोडेको छ । यसले स्थापित लघुकथाकार र समीक्षकबाट नव लेखकलाई सिर्जनामा लाग्न मार्ग प्रशस्ति गरेको छ । यस पृष्ठले ३०० शब्दभित्र लघुकथा लेख्नेभन्दा पनि लघुकथाको ढाँचामा निबद्ध लघुकथालाई आफ्नो पृष्ठमा स्वीकार गरेको छ । लघुकथामा यसै पृष्ठमा भएको गतिविधिबाट प्रेरित भएर अरू पृष्ठ खोलिएको देखिन्छ । यसले नै लघुकथा परिष्कार र परिमार्जन गराई सङ्ग्रहको रूप दिन कथाकारलाई पृष्ठपोषण गरेको देख्न सकिन्छ । हाल लघुकथा कुनो पृष्ठमा नारायण तिवारी, विधान आचार्य, खेमराज पोखरेल, डा. वि. वाशिष्ठ, एकदेव अधिकारी, राजन कार्की र कुमार काफ्ले व्यवस्थापकका रूपमा रहेका छन् । यसमा अहिलेसम्म लेखक, पाठकलगायत चौँतिस हजारभन्दा बढी सदस्य छन् ।
१.३ लघुकथा संसार
लघुकथा संसार लघुकथा लेखन, पठन, विकास र विस्तारमा सव्रिmय पृष्ठ हो । यो पृष्ठ २०७० भाद्र २६ गतेबाट सञ्चालनमा आएको हो । यसले लघुकथा प्रेषित गर्ने, पढ्ने, टीकाटिप्पणी गर्ने, समीक्षा गर्नेलगायत लघुकथा अनुरागीलाई सदस्यको रूपमा स्वीकार गरेको छ । राजन सिलवाल र निशा केसी यसका व्यवस्थापकका रूपमा रहेका छन् । यसमा लेखक, पाठकलगायत दुई हजार आठ सय सदस्य रहेका छन् ।
१.४ लघुकथा डबली
लघुकथा डबली पनि लघुकथा लेखन, पठन र विस्तारका लागि खोलिएको पृष्ठ हो । यसका व्यवस्थापक जीवन दाहाल छन् । यो २०७१ साउन २३ गतेबाट सञ्चालनमा आएको छ । यसमा लेखक, पाठकलगायत १३३ जना मात्र सदस्य छन् ।
१.५ सूत्रकथा
आख्यानको लघुत्तम रूप कथा विधाका लागि खोलिएको पृष्ठ सूत्रकथा पनि हो । यसले सूत्रात्मक कथा÷लघुकथाको उन्नयनका लागि कार्य गर्दै छ । यसले १५ देखि २० पङ्क्तिसम्ममा सूत्रकथा लेख्नुपर्ने मान्यतासहित यो पृष्ठ खोलेको छ । यो २०७३ साल साउन ४ गतेदेखि सञ्चालनमा आएको हो । यसका व्यवस्थापकमा राम अप्रिय, अमर त्यागी, कुमार काफ्ले र शारदा पौडेल छन् । यसमा सूत्रकथाकारलगायत ३१०० जना संलग्न छन् ।
१.६ नेपाली आधुनिक लघुकथा
नेपाली आधुनिक लघुकथा २०७४ असोज १७ गतेबाट सञ्चालनमा आएको हो । पुष्कारराज भट्ट, कपिल लामिछाने, लक्ष्मीप्रसाद पौडेल, हरिप्रसाद भण्डारी, किसन पौडेल, उद्धवप्रसाद प्याकुरेल ‘उद्भाव’, रचना शर्मा यसका व्यवस्थापकका रूपमा रहेका छन् । यस पृष्ठले लघुकथाको सैद्धान्तिक मान्यताका आधारमा लघुकथा लेखनलाई प्रोत्साहित गरेको छ । यस पृष्ठमा लघुकथा प्रेषित गर्ने, टीकाटिप्पणी गर्ने कामदेखि समीक्षा गर्ने काम भएको छ । यस पृष्ठले लघुकथालाई अभिनयमा प्रस्तुत गरेको छ । यसमा लेखक, पाठकलगायत तीन हजार सात सय सदस्य छन् । यसले लघुकथा प्रतियोगितामार्फत पनि लघुकथा लेखनप्रति साहित्यकार आकर्षित गर्दै छ । यसमा लेखक, पाठकलगायत तीन हजार सात सय सदस्य रहेका छन् ।
१.७ नमस्ते आधुनिक लघुकथा मञ्च
नमस्ते आधुनिक लघुकथा मञ्च २०७५ असार १० गतेबाट सञ्चालनमा आएको मुहार पुस्तिकाको भित्तो हो । कृष्णजी शर्मा, शेखर अर्याल, यमुना प्रधानाङ्ग, ज्योतिष नानी बिबु, गणेश नेपाली, कमल पौडेल, रञ्जुश्री पराजुली, टङ्कबहादुर आले मगर, बसन्त अनुभव, लक्ष्मण भट्ट र म्यामराज राई यसका व्यवस्थापकका रूपमा रहेका छन् । यस पृष्ठले नेपाली भाषाका अतिरिक्त नेपालमा बोलिने मातृभाषा र अङ्ग्रेजी भाषामा लिखित लघुकथा आफ्नो पृष्ठमा राख्ने स्वीकृति दिएको छ । यस पृष्ठले लघुकथा वाचन, समीक्षा, टीकाटिप्पणी गर्दै लघुकथा लेखनको विस्तारका लागि कार्य गरेको छ । यस पृष्ठले लघुकथाको सुगन्ध नामक पत्रिका निकालेको छ । यसले लघुकथाको सुगन्ध (बालविषयक लघुकथाहरूको संयुक्त सङ्ग्रह २०७७), लघुकथाको सुगन्ध भाग १ (२०७६), लघुकथाको सुगन्ध भाग २ (२०७७), लघुकथाको सुगन्ध भाग ३ (२०७८) लघुकथाको सुगन्ध बा ! (२०७८) जस्ता लघुकथासङ्ग्रह प्रकाशन गरी लघुकथा लेखन र प्रकाशनमा योगदान गरेको छ । यसले लघुकथा वाचनका भिडियो प्रस्तुत गरी लघुकथा लेखनका लागि प्रशिक्षण कार्यव्रmमसमेत चलाएको छ । यस पृष्ठले ३५० शब्द सीमामा रहेर लेखेको लघुकथालाई आफ्नो भित्तामा राख्ने अनुमति दिएको छ । यसमा लेखक, पाठकलगायत पाँच हजार दुई सय सदस्य छन् ।
१.८ हाम्रो लघुकथा पाठशाला
हाम्रो लघुकथा पाठशाला २०७६ चैत्र ३ गतेबाट सञ्चालनमा आएको मुहार पुस्तिका पृष्ठ हो । यसले ‘सिकौँ र सिकाऔँ’लाई उद्देश्यका रूपमा लिएको छ । यस पृष्ठमा लता केसी, राजु क्षत्री ‘अपुरो’, दुर्गा बनवासी, शेखरकुमार श्रेष्ठ, शुभ शर्मा र सत्या अधिकारी व्यवस्थापकका रूपमा रहेका छन् । यसमा छ हजार सात सयभन्दा बढीको सङ्ख्यामा लेखक, पाठकलगायतका सदस्यहरू छन् । आफ्नो भित्तामा प्रेषित भएका सदस्यहरूको लघुकथा सङ्कलन गरी यसले पाठशालाका लघुकथा १ (२०७७), पाठशालाका लघुकथा २ (२०७८) र पाठशालाका लघुकथा ३ (२०७९) गरी तीन लघुकथासङ्ग्रह प्रकाशन गरिसकेको छ । यसैसँग जोडेर धेरै लघुकथाकारहरूले आफ्नो लघुकथासङ्ग्रह प्रकाशन गरेको देखिन्छ । यसले हप्ताको सातै दिन सहयोगीहरूमार्फत लघुकथा वाचन गर्न लगाई समीक्षा प्रस्तुत गर्दै आएको छ । यसले लघुकथासम्बन्धी समाचार पनि प्रसारण गर्दै आएको छ । यसले विभिन्न उत्सव पारेर लघुकथासम्बन्धी विमर्श, सैद्धान्तिक बहसका साथै लघुकथा वाचन कार्यव्रmम राख्ने गरेको छ । लघुकथा प्रशिक्षणका साथै स्थापित लघुकथाकारको अन्तर्वार्ता र लघुकथा गानसमेत यस पृष्ठले तयार गरेको छ । यो लघुकथा गान हाल हरेक लघुकथासम्बन्धी कार्यव्रmममा बज्ने गरेको छ ।
१.९ लघुकथा सौन्दर्य
लघुकथा सौन्दर्य २०७७ बैशाख २४ गतेबाट सञ्चालनमा आएको हो । यसका व्यवस्थापक श्रीराम राई र ममता मृदुल हुन् । यस पृष्ठले लघुकथा राख्नुको साथै लघुकथासम्बन्धी समाचार, लघुकथाका गतिविधि र प्रकाशित लघुकथासम्बन्धी पुस्तकको जानकारी गराउँदै आएको छ । यसमा लेखक, पाठकलगायत नौ सय नब्बे सदस्य छन् ।
१.१० लघुकथा पाठ्य–श्रव्य–दृश्य प्रतिष्ठान
लघुकथा लेखन, पठन र विस्तारलाई व्यापक गर्ने उद्देश्यले लघुकथा पाठ्य–श्रव्य–दृश्य प्रतिष्ठान खोलिएको छ । यसको सुरुआत २०७८ कात्तिक ३ गतेबाट भएको हो । यसले एक साताभरि नियमित रूपमा लघुकथा वाचन कार्यव्रmम गर्दै आएको छ । नन्दलाल आचार्य, लक्ष्मी रिजाल, मनोहर पोखरेल, नन्दलाल आचार्य ‘अक्षान्त’ र कृष्ण तिमल्सिना यस पृष्ठका व्यवस्थापक हुन् । यसमा लेखक, पाठकलगायत एक हजार नौ सय सदस्य रहेका छन् । यसले लघुकथा प्रतियोगिता पनि सञ्चालन गरेको छ ।
१.११ पूर्वोत्तर लघुकथा समाज कोहिमा नागालैन्ड, भारत
नेपाल बाहिर अर्थात् भारतमा बसोबास गर्दै आएका नेपालीबाट खोलिएको मुहार पुस्तिकाका पृष्ठमध्येको एक पूर्वोत्तर लघुकथा समाज कोहिमा नागालैन्ड, भारत पनि एक हो । यसले भारतमा बस्ने नेपाली लघुकथाकारहरूलाई नेपाली लघुकथाकार र विश्वको लघुकथाप्रेमीसँग जोडेको छ । यसका व्यवस्थापक मोहन पोखरेल हुन् । यो २०७८ कात्तिक २९ गतेबाट सञ्चालनमा आएको देखिन्छ । यसमा १९५ जना सदस्य छन् ।
१.१२ सिक्किमेली लघुकथा समाज, सिक्किम
नेपाली लघुकथा लेखन, विकास र विस्तार नेपालमा मात्र नभई नेपाली भाषा बसोबास गर्ने हरेक देश एवं क्षेत्रमा विकास र विस्तार हुँदै छ । यसको एउटा दृष्टान्त सिक्किमेली लघुकथा समाज, सिक्किम पनि हो । यसले मुहार पुस्तिकामार्फत नेपाली लघुकथालाई प्रत्यक्षतः सिक्किम र अपरोक्ष रूपमा विश्वसँग जोडेको छ । यसको सुरुआत २०७८ चैत्र २० गतेबाट भएको हो । इन्दिरा गौतम, हेमराज अधिकारी, प्रेम नेउपाने ‘प्रहर’, अगस्टाइन राई, मुनाल पोखरेल, त्रिपुरा खरेल, दीपक लोहनी यस पृष्ठका व्यवस्थापक हुन् । यस पृष्ठमा लेखक, पाठकलगायत दुई हजार तीन सय सदस्य रहेका छन् । यस पृष्ठले लघुकथा लेखन, पठन र समीक्षा गर्ने कामसमेत गरेको छ ।
१.१३ सदाबहार लघुकथा
सदाबहार लघुकथा मुहार पुस्तिकाका व्यवस्थापक निरोज गौतम हुन् । यसमा लघुकथा र लघुकथासम्बन्धी सामग्री राख्ने प्रबन्ध छ । यसले तीन सय पचास शब्दसम्मका लघुकथा सम्प्रेषण गर्न अनुरोध गरेको छ । नेपाली, हिन्दी र अङ्ग्रेजी भाषाबाहेक अरू भाषामा लेखिएका लघुकथा प्रेषित गर्न यसमा बन्देज छ । यसमा लघुकथाकारसहित १४०० सदस्य छन् ।
१.१४ डायस्पोरा नेपाल
यो व्यक्तिगत मुहार पुस्तिका हो । डायस्पोरा नेपालले प्रवासमा बस्ने साहित्यकार र साहित्यसँग नेपाललाई जोड्ने काम गरेको छ । यसले प्रवासमा बस्ने नेपालीका लघुकथा, लघुकथासङ्ग्रह प्रदर्शन गर्दै आएको देखिन्छ । यसमा एक हजार एक सय सन्तानब्बे सदस्य छन् ।
१.१५ अन्य
यस लेखमा अन्यभित्र लघुकथा विधाकै लागि स्थापना भएका मुहार पुस्तिकाबाहेकका अन्य पृष्ठको नामोल्लेख गरिएको छ । यसमा समकालीन नेपाली साहित्य, प्रतिष्ठान बेलायत, समकालीन साहित्य, नइ खर्क, शब्दपथ, साहित्यपोस्ट, साहित्यमा स्माइल, गद्य साहित्य चौतारी, साहित्य सागर, सम्प्रेषण, साहित्य गृह, लेखक पाठक मञ्च, साहित्य र समालोचना, लेखन तथा वाचन रमाइलो यात्रा, साहित्यिक समाचार, शब्दार्थ प्रकाशन, शब्दाङ्कुर साहित्य प्रधान मासिक मुहार पुस्तिका पृष्ठ, आनन्द आश्रम, अङ्कुर, नेपाल स्रष्टा समाज, नेपाली साहित्य सुधा जस्ता पृष्ठ पर्दछन् । यिनले पनि लघुकथा लेखन, पठन, र समीक्षा राख्दै लघुकथाको विकासमा सहयोग गरेका छन् ।
२. निष्कर्ष
नेपाली लघुकथालाई आम पाठकसामु पु¥याई व्यापक गर्न तथा पठन संस्कृति विकास गर्न मुहार पुस्तिकाका पृष्ठहरूले योगदान गरेका छन् । यी पृष्ठहरूले विद्युतीय सामाजिक सञ्जालका माध्यमबाट नेपाली लघुकथालाई विश्वभर प्रचार गर्न सहयोग गरेका छन् । अहिले यिनै पृष्ठहरूमा लघुकथाकारहरूले लघुकथा राख्न थालेपछि लघुकथाका कृति प्रकाशनमा लहर आएको छ । साहित्यप्रति रुचि राख्ने सबैले घरको कामधन्दा सकी फुर्सदको क्षणमा लघुकथा प्रेषित गर्ने, पढ्ने, टीकाटिप्पणी गर्ने काम गरिरहेका छन् । यी पृष्ठको उद्देश्य जेसुकै भए पनि यो सिक्ने र सिकाउने माध्यम बनेको छ । यी पृष्ठले लघुकथासङ्ग्रह प्रकाशन गरेर लघुकथा विधामा आफ्नो स्थान देखाएका छन् । यी पृष्ठले समीक्षा गर्ने काम पनि गर्दै आएकाले मानक तथा स्तरीय लेखनमा समेत यो माध्यम बनेको छ । यसले लघुकथा प्रकाशनका लागि पनि पृष्ठपोषण गरिरहेका छ । त्यसैले साठीको दशकको अन्त्यदेखि पूरै सत्तरीको दशक लघुकथा प्रविधिमय बनेको कुरा पुष्टि हुन्छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।