उपचार : सुरेशकुमार पान्डे (लघुकथा)

उपचार : सुरेशकुमार पान्डे (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,पुस १०।

आमा दमको बिमारी भढेर स्वां–स्वां गर्दै अस्पतालको बाहिर सिँढीमा बसेकी थिइन्। वीर्खबहादुर ओपिडीमा लाइन बसेको थियो । धेरै बेरपछि बल्ल उसको पालो आयो । उसले आमालाई लिएर डाक्टरको कोठामा पस्न खोज्यो तर एकछिन भनेर रोकियो ।
विचरा मजदुरी नगरी खानु छैन तर पनि आमाको उपचार गराउन काम छाडेर आएको थियो ।
प्रतीक्षा गर्दा गर्दा घण्टौँ बित्यो तर उस्को पालो आएन । भित्र डाक्टर साहेब छन् कि नाई ? भन्दै बिर्खे भित्र पस्यो तर भित्र कोही पनि थिएन । उसले गार्डलाई सोध्यो ।
‘डाक्टर साहेब राउण्डमा गएको’ गार्डको जवाफ आयो । डाक्टर खोज्दै जाँदा त उनी क्लिनिकमा आफ्नो सालाको बिमारी जाँच्न व्यस्त थिए । उसले मनमनै सोच्यो, ‘उपचार त बिरामी आमाको होइन बरू भ्रष्टचारको पो पहिला गर्नुपर्ने देखियो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।