काठमाण्डौ क्षेत्र नं ३ का उम्मेदवारहरुलाई “पुतली” को पिर…….

काठमाण्डौ क्षेत्र नं ३ का उम्मेदवारहरुलाई “पुतली” को पिर…….

कपन अनलाइन

काठमाण्डौ,कार्तिक १७।

काठमाण्डौ क्षेत्र नं ३ मा राजनीतिक दलहरुबाट उम्मेदवार बनेकाहरुलाई “पुतली” ले निकै तनाव दिएको छ। मंगसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेद्वारी दिएका निरन्जन पुडासैनीको  चुनाव चिन्ह पुतलीले माहोल ल्याए संगै उम्मेदवारहरु तनावमा परेका छन।

निकै प्रतिपर प्रतिस्पर्धात्मक र रोमान्चक हुने अनुमान गरिएको काठमाण्डौ क्षेत्र नं ३ का मुख्य प्रतिस्पर्धी रहेका नेकपा एमाले र नेपाली कांग्रेसको चुनावी जोडघटाउ र मतमा काठमाण्डौ महानगरपालिका वडा नं ६ का पुडासैनीको उम्मेद्वारीले प्रभाव पार्ने देखिएको छ।

क्षेत्र नं ३ लाई लामो समयदेखि पिरोलेको बागमती पिडितहरुको समस्या समाधानका लागि बनेको  पिडित संघर्ष समितिका अध्यक्ष समेत रहेका पुडासैनी भोट बैंकका रुपमा रहेको काठमाण्डौ महानगरपालिका वडा नं ६ मा निरन्तर सामाजिक गतिविधिहरुमा सक्रिय रहेका छन।

०५७ साल देखि बागमती सभ्यता संरक्षण अभियानमा सक्रिय रहदै समाजसेवामा सक्रिय रहेका पुडासैनीले राजनीतिक दलहरु संकीर्ण दलीय स्वार्थमा रुमल्लिदा काठमाण्डौ क्षेत्र नं ३ मा भौतिक र सामाजिक विकास हुन् नसकेको भन्दै क्षेत्रको  विकासका लागि  उम्मेद्वारी दिएको बताउदै आएका छन।

महेन्द्र बौद्ध मावीबाट प्रवेशिका परिक्षा पास गरेर भारतको श्री विवेकानन्द कलेज बाट आइ एस्सी गरेका पुडासैनीले २०६२ साल देखि पाटीटार युवा क्लवको अध्यक्षका रुपमा योगदान पुर्याएका थिए।

पाटीटार युवा क्लवको अध्यक्ष रहँदा खेलकुद ,निशुल्क ट्युसन कक्षा संचालन ,स्वास्थ्य सिविर जस्ता सामाजिक काम गरेर लोकप्रिय बनेका पुडासैनी बागमती पिडित संघर्ष समितीका अध्यक्ष समेत रहेका छन।

ब्रिलियन्ट कलेजबाट अंग्रेजी र समाजशास्त्रमा स्नातक र पशुपति बहुमुखी क्यम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका पुडासैनी देवी दत्त गुठी र पुडासैनी मैत्री समाजका महासचिव समेत हुन्।

 

 

तपाइँको प्रतिक्रिया ।