कुरा सही बाटोको ,सन्दर्भ चुनाबको : राम बिनय

कुरा सही बाटोको ,सन्दर्भ चुनाबको : राम बिनय

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक १८।
(क) विषय प्रवेश
नेपालमा अहिले आमचुनाबको वातावरण बनेकोछ ।विभिन्न पार्टीका र स्वतन्त्रका उमेदवारहरू आफनो पक्षमा मत माग्न मतदाताहरूकहाँ जानथालेकाछन् ।लोकतन्त्रमा यो एक महत्त्वपूर्ण पक्ष हो । अहिलेको अवस्थामा मतदाताहरू अन्यौलमा पर्नुहुन्न । कुन पक्षका उमेदवारहरूलाई जिताउनुपर्छ भन्नेबारेमा सबै मतदाताहरूले अहिलेदेखिनै मानसिकरूपले तयार हुनु आवश्यकछ ।
अहिले देशमा पाँच दलीय गठबन्धनको सरकारछ । यो गठबन्धनले प्रतिगामी शक्तिको विरुद्ध भनेर मत मागिरहेको छ ।प्रमुख प्रतिपक्ष नेकपा एमाले जनताका बिचमा लोकप्रिय भएको कारणले कसरी त्यस पार्टीका विरुद्ध भ्रमछरेर मतप्राप्त गर्नसकिन्छ भनेर यो गठबन्धन कम्मर कसेर लागेका छ । त्यसका लागि मतदाताहरूले तथ्यका आधारमा सत्य कुरा पत्ता लगाउने सिद्धान्त र नीतिबाट विषयगत विश्लेषण गर्नुर निर्णयगर्नु आवश्यक छ।

ख) किन भयो गठबन्धन ?
२०१५सालको प्रथम आमनिर्वाचनले नेपाली काङ्ग्रेसलाई बहुमत दिएको र बिपी प्रधानमन्त्री रहेर सरकार बन्यो तर त्यसलाई तत्कालीन निर्दलीय राजाले धेरै दिन टिक्न दिएनन्। २०७४ सालको निर्वाचनले नेकपालाई बहुमत दिएर केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्यो तर त्यसलाई पनि बहुदीलय राजाहरूले धेरै दिन टिक्न दिएनन्! नेपालमा पहिलोपटक नेकपाको बहुमतको सरकार बन्यो ।यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा एकप्रकारले तरङ्ग पैदागर्यो । यसले कम्युनिस्टविरोधी राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिहरूलाई असैह्य भयो, औडाह भयो र त्यसलाई कसरी असफल पार्ने होला भनेर तिनीहरूले षडयन्त्र गर्नथाले । बहुमतको सरकारले थालेका लोककल्याणकारी कार्यक्रमहरूबाट तिनीहरू तर्सिए। सरकारको कामलाई असफल पार्न अनेकन बाधाहरूखडा गरे,असहयोग गरे । एकप्रकारले घेराउ गरेर कार्यक्रम असफल पार्न लागे ।
पार्टीको नीति, विधि र प्रणालीविपरीत महाधिवेशनबाट तोकिएको अवधिका लागि निर्वाचित अध्यक्षको अपमान गरे तिनीहरूले ।तिनीहरूले नेपालको संविधानबमोजिम जनताले पाँच वर्षका लागि चुनेका प्रधानमन्त्रीलाई असफल पार्न अनेकन बाधाहरू सिर्जना गरे। पार्टीअध्यक्षलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरे । पार्टीलाई पूरा कब्जा गरी पार्टीभित्र बबन्डर मच्चाए । पार्टीअध्यक्ष तथा प्रधानमन्त्रीलाई अनेकन लान्छना लगाई ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भन्ने उखान चरितार्थ गरिदिए !
पार्टीका जिम्मेवारहरूले आफनो निजी र पदीय स्वार्थका लागि प्रतिष्ठाको विषय बनाई पार्टीअध्यक्ष तथा प्रधानमन्त्रीप्रति अन्यायपूर्ण व्यवहार गरे ।तिनीहरूपार्टी र सरकारलाई असफलपार्नतिर लागे । यस्तो असहयोग र घेराबन्दीको वेलामा जनताको बिचमा जानखोज्नु एकप्रकारले बाध्यता थियो र सँसद् विघटन भयो ।त्यो एक प्रकारको स्वभाविक प्रक्रिया थियो । वास्तविकता नहेरी संविधान, नियम, कानुनको दुहाइ दिएर त्यस कदमलाई प्रतिगामी भनियो ।सँसदीय तरिकाले होइन परमादेशको तरिकाकाआधारमा वर्तमान सत्तागठबन्धन बन्यो ।कम्युनिस्ट नामका नेताहरूले कुनै दर्शन, नीति र सिद्धान्तको आधारमा होइन,आफनो व्यक्तिगत स्वार्थका लागि (भागबन्डा नमिलेर) विद्रोहको नाममाजनताकोप्रिय पार्टी फुटाए ।तिनीहरूले आआफना डम्फु बजाउन थाले । जनताबाट तिरस्कृत भइसकेको नेपाली काङ्गे्रसको फेरि प्राण भर्ने काम यिनै छोटे राजाहरूले गरेर काङ्गे्रसलाई जगाए । आफनो पार्टीघरलाई डढेलो लगाएर ती पार्टीविरोधीहरूखरानीघसेर मगन्ते भएर हिँडनथाले ! ती सामन्त कम्युनिस्टहरूले केकसरी षडयन्त्र गरेर बहुमतको सरकारलाई ढाले भन्नेबारेमा सचेत मतदाताहरूका बिचमा जगजाहेर नै छ । हामी सबैले अझ राम्रोसँग तिनीहरूलाई चिन्नु आवश्यकछ ।

ग) गठबन्धनको पृष्ठभूमि
नेपालमा नेपाली काङ्गे्रसले धेरै वर्ष शासन गरेको इतिहास छ । उसले आपूmलाई एक मात्र शासक भन्ठान्छ र प्रतिपक्षमा कोही देखा पर्यो भने त्यसलाई निर्मूल पार्नचाहन्छ भन्ने कुरा इतिहासले देखाउँछ ।नेकपा एमाले भूमिगत जीबनबाट जब खुल्ला अवस्थामा देखा परयो तबउसले जनताको बहुदलीय जनवादको नीति, सिद्धान्त र कार्यदिशा अघि सार्यो । त्यसमा “शान्तिपूर्ण सङ्क्रमण, शान्तिपूर्ण सहअस्तित्व,शान्तिपूर्ण प्रतिस्पर्धा”लगायत पर्दछन् । त्यसलाई लागू गर्न मदन भण्डारीको अगुवाइमा नेकपा (एमाले) इमान्दारितापूर्वक प्रतिस्पर्धामा उत्रिन सफल भयो । त्यस सफलताको पछाडि जननेता मदन भण्डारीको कौशलपूर्ण बोली,बचन,प्रखर क्षमता,इमान्दारिता,नीति र नैतिकताको प्रमुख भूमिकाछ ।त्यसैले गर्दा कमसमयमा एमालेले जनताको मन जित्न र स्थापित हुन सफल भयो । मदनको भाषणशैली र व्यवहार यति धेरै आकर्षक भयो कि सामन्तवादी, प्रतिक्रियावादीहरूथरथर काप्न थाले ।यसलेगर्दा विदेशी शक्तिसमेत तर्सिन थाले र तिनीहरू सबैमिलेर षडयन्त्रको जालो बुन्नथाले ।एकपटक त्यस वेला हल्ला चलेको थियो, “कम्युनिस्टलाई मार्न, दबाउन तत्कालीन सरकारले अपराधी तत्त्वलाई पैँसठ्ठी करोडमा ठेक्का दिएकोछ रे ।”त्यति वेला त्यो कुरा पत्याउन सकिने खालकोजस्तो थिएन । गिरिजाकातत्कालीन भित्रिया पात्र (मानिस) उमेश गिरीले जनतासमक्ष दिएको साविती बयानले मदन–आश्रितको हत्याको पर्दा खोलेकोछ ।नेकपा एमाले खासगरी मदन भण्डारीको तेज यति बढी भयो कि गिरिजा काङ्गे्रस तर्सिन थाल्योे ।मदन–आश्रितको हत्याको वेलामा गिरिजा प्रधानमन्त्री र देउवा गृहमन्त्री थिए । तत्कालीन अमेरिकन राजदूत जुलिया चाङ (जसले केपी भट्टराईको असहमतिमा नै देउवा र आरजुको विवाह गराएकी थिइन्)को पनि अपराधिक कार्यमा प्रमुख हात थियो भनिन्छ ।यी विगतका विषय भए ।
नेपाली काङ्गे्रसको सरकारको पालामा निजीकरण, उदारीकरणको नाममा मित्रराष्ट्रहरू(चीन र तत्कालीन सोभियत सङ्घ)को सहयोगमा स्थापित उद्योग, कलकारखानाहरूलगायतका उद्योगधन्दाहरू कौैडीको भाउमा बेचिए र हजाराँै,लाखाँै युवाहरूलाई विदेशिन बाध्यपारे ।खाद्यान्नमा आत्मनिर्भर भएको देशलाई परनिर्भर बनाइदिए । यिनै देशविरोधी गतिविधि गरेकै कारण काङ्गे्रसलाई जनताले सजाय दिएर गएको चुनाबमा पाखा लगाइसकेका थिए ।
नेपाल कम्युनिस्ट पार्टीभित्रका बहुदलीय राजाहरूले आफनो घर जलाएको खरानी घसेर जोगी हुन होइन भोगी हुन आफना पार्टीअध्यक्ष र प्रधामन्त्रीको विरोधमा अलख जगाउन गए र सुनपानी छर्केर सुतेको काङ्ग्रेसलाई जगाए ! काङ्गे्रसको बैसाखी टेक्न गएर तिनीहरूअहिले त्यसै रुखको ऐजेरुभएर बसेकाछन् ! यसरी तिनीहरूको रसायन मिल्नगएकोछ । त्यसबाट गठबन्धन बनेकोछ । त्यसबाट नेकालाई धेरै फाइदा भएकोछ ।

घ) जरा कुराको रसायन
गठबन्धनको जराको काङ्गे्रसको कुरोमाथि उल्लेख भएकोछ ।अब अन्यको जरातिर हेरौँः (१) नेकपा माकेले देशमा जनवादी व्यवस्था ल्याउन माओको नाममा पार्टीको नाम राख्यो ।देशमा जनयुद्धका नाममा हत्या, हिंसा मच्चायो ।धेरैको ज्यान गयो ।क्रान्तिको नाममा मुक्ति या मृत्युको नामदिएर धेरैलाई बलिदान गरे÷गराए। पछि भारतको स्वार्थसित मिल्नेगरी गिरिजासित आत्मसर्मपण गरेर सशस्त्र सङ्घर्ष अन्त्य गरे । भारतको लागि सुविधा हुने सरकार गठन गर्ने मानसिकताकासाथ यसरी माकेले काम गर्यो र नेकासित रसायन मिलेर नजिक हुनपुग्यो ।
(२) नेकपा मालेमा मदन भण्डारी महासचिव भएको वेलामा भारतीय सेना भित्र्याएर राजतन्त्र समाप्त पार्नुपर्छ भनेर हालका नेकपा यसका अगुवाले प्रस्ताव गरेका थिए । मदनलगायतका अरूहरूले यो आफनो देशविरोधी भारतपरस्त प्रस्ताव हो भनेर अस्वीकार गरे ।यो विषय राधाकृष्ण मैलालीको “नलेखिएको इतिहास” किताबबाट थाहा पाउनसकिन्छ ।योउनको भारतभक्ति र लम्पसारवादको एक उदाहरण हो । उनले आफनो पार्टीको सरकार भएको वेलामा आफना पक्षको पक्षको, आफन्त तथा नातेदारकोनिजी स्वार्थ पूरा भएन भनेर विद्रोहको खोल ओढेर पार्टी फुटाए ! जबजलाई दक्षप्रजापतिको टाउको भन्ने अर्को अगुवाको मानसिकता पनि जबजविरोधी भएकाले यसको रसायनसित मिलेर यसतिर एकताबद्ध भए ।
(३) नेकपा मसाल राजमोको पनि विगतको इतिहास केलाउनुपर्छ । नेकपाका सँस्थापक महासचिवलाई यिनीहरूले नेपाली काङ्गे्रसकको पुच्छर भयो भनेर गद्धार भनेर बदनाम गरेका थिए ।अहिले आफैँ नेकाको पुच्छर भएर गठबन्धनमा बसेर रुखको ऐजेरुबनेको प्रस्ट छ ।
(४) भनिन्छ,‘राजनीतिमा मित्र र शत्रुभन्ने हुन्न ।कुनैपनि वेला मित्र शत्रु र शत्रु मित्र बन्नसक्छ, आआफ्नो स्वार्थको कारणले ।’ हालैजसपा र लोसपाको अवस्था त्यस्तै देखियो ।‘ताकपरे तिवारी नत्र गोतामे’भन्ने उखान हाम्रो संसदीय व्यवस्थामा लागू भएको देखिन्छ । यिनीहरूआप्mनो पद र प्रतिष्ठाका लागि जतापनि तालमेलमालाग्छन भन्नेकुराको यो एउटा उदाहरणको रूपमा देखिएका कुरा हुन्भन्नसकिन्छ । यसरी जरो कुरो थाहा भएपछि यसभित्रको चुरोकुरो बुभ्mनसकिन्छ ।

घ) अब हामी कता ?
नेकपाको बहुमतको सरकारले भारतीय नाकाबन्दीको विरोधमा स्वाभिमानी अडान लिएको थियो ।आफनो स्वाभिमानको प्रदर्शन गरेर नेपाल कसैसँग झुक्दैन भन्ने उदाहरण दिएको थियो ।नेपालको भारततिरमात्र एकतर्फी मात्र पारवहन सुविधाभएको र वेला वेलामा भारतले नाकाबन्दी गरेर धोका दिने गरेको हुँदा तत्कालीन सरकारले चीनसित पारवहन सम्झौतागरेर त्यो बाधा फुकाएकोछ ।यो नेपालको लागि महत्त्वपूर्ण काम भएकोछ ।
पहिलेदेखिको नेपालको भूमि लिपुलेक,कालापानी,लिम्पियाधुरा आफनो देशको नक्सामा समावेश गरेकोछ । देशको पूर्वाधार बिकासका धेरैकामहरू— सुरुङमार्ग,रेलप्रणालीमा आधुनिकीकरण, अन्तर्राष्ट्रिय विमानस्थलनिर्माण,राजमार्गहरूको निर्माण, भूकम्पपीडितहरूका लागि बासस्थान निर्माण,धरहरा,रानीपोखरीकोे पुनर्निमाण, लोडसेडिङको अन्त्य, मरिन डाइभर्सन निर्माण,पेट्रोलखानी,फलाम खानीको उत्खनन,कोरोना नियन्त्रण,मेलम्ची खानेपानी आयोजना सम्पन्न; शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षालगायत अन्य आर्थिक सामाजिक कार्यमा सुधारजस्ता धेरै सामाजिक आर्थिक कल्याणकारी कामहरू भएका छन ।यिनैकामहरूले गर्दा र आफनो पदीय स्वार्थ पूरा नभएपछि गठबन्धन निर्माण भएकोलेओलीसरकारलाई परमादेशबाट हटाएकाहुन भन्ने कुरा जगजाहेरछ ।यिनीहरूले तत्कालीन ओलीसरकारकाकामलाई प्रतिगामी भनेर प्रचार गरिरहेकाछन् । तिनीहरूले नै बरुसंसदीय प्रणाली छाडेर परमादेशी प्रणाली अपनाएर सरकार बनाएकाछन । तिनीहरूले देश र जनतालाई ढाँट, छल गरेर ठगिरहेकाछन् ।त्यसैले जनताहरूले यो सरकारलाई ठगबन्धन भन्ने गरेकाछन् । वास्तवमा यिनीहरू प्रतिगामी हुन भन्ने कुरा यिनीहरूका राजश्वमारासमेतका व्यवहारले देखाएका छन् भन्ने कुरा जनसमुदायले बुझेको छ किनकि जनता सचेतछन् ।

ङ) सतर्कताको कुरा
यो गठबन्धनको सरकारले नागरिकताको विधेयक नेपालको अस्तित्व मेटाउने खालको ल्याएकोछ ।सँसारमा कतै नभएको नियम भारतबाट विवाह गरेर ल्याएकी दुलहीेले विवाहकाभोलिपल्टै नागरिकता पाउने व्यवस्था गरेकोछ ।त्योलगायतका कारणले यो विधेयक देशघाती छ भन्ने कुरा जनस्तरबाट यसको व्यापक विरोध भएकोबाट स्पष्ट हुन्छ ।वर्तमान सरकारले नेपाललाई विदेशीको रणमैदानबनाउने खालको एमसिसी पारित गरेकोछ ।देशको अर्थतन्त्र बहुसङ्ख्यक नेपाली जनताको पक्षमा होइन उच्च वर्गका माफियाको हातमाछ भन्ने प्रमाण बजेट निर्माण गर्दाको घटना (सिसिटिभी फुटेज प्रकरण)ले प्रमाणित गरेकोछ ।
वर्तमान नेपालको तीब्र विकासकालागि प्रमुख बाटोदुरदृष्टि(भिजन),अभियान (मिसन),ध्येय र लक्ष स्पष्ट हुनु आवश्यकछ । त्यसलाई स्पष्ट पारेर समृद्ध नेपालको निर्माण गरी नेपाली जनतालाई सुखी र खुसी बनाएर नेपाललाई विकशित देश बनाउनुछ ।यसैका लागि जनपक्षीय सरकार आवश्यक छ । जनपक्षीय काम नगर्ने गठबन्धनवालाहरूवास्तविकरूपमाप्रतिगामीहुन् । यिनीहरूभारतीय शासकको लागि सुविधाजनक (कम्फोर्टेबल) सरकार कायम गराउने भक्तहुन्। देशका पक्षमा होइन विदेशीको स्वार्थका लागि खट्ने लम्पसारवादी शक्ति हुन् त्यसैले यस्तो प्रवृत्तिको विरोधमा नेपालीहरू सचेत भएर उठनुपर्छ ।
वर्तमान गठबन्धनको जनद्रोही राजनीतिविरुद्ध लडनका लागि सदनमा प्रभावकारी भूमिका खेल्नसक्ने एकाध व्यक्तिलाई सघाउन पार्टीले गरेको समझदारी(तालमेल)लाई अराजनैतिक भन्न मिल्दैन ।यो त्यही ठगबन्धनले निम्त्याएको परिणाम पनि हो ।अग्रगामी प्रणालीबाट देशभक्त,प्रगतिशील, प्रगतिवादी र लोकतान्त्रिक गणतन्त्रवादीशक्तिहरूको एकता अहिलेको आवश्यकता हो । त्यसकालागि सबै मतदाताहरू लाग्नुपर्ने समय आएकोछ ।
हामी सधैँ अँध्यारोमा बस्ने होइन ।उज्यालोको लागि हामीले उज्यालोलाई खोजेर,बुझेर,चिनेर,जानेर सही बाटोमा लाग्नुपर्छ ।आपूmलाई र आफनो देशलाई उज्यालो दिनसक्नुपर्छ । उज्यालो पाउनसक्नु हाम्रो अधिकार हो र यसको रक्षा गर्नु हामीसबैको दायित्वहो ।आमचुनाबको सन्दर्भमा नेकपा एमालेको घामले हामी सबैको रक्षागर्नसक्छ ।
मदन भण्डारी भन्नुहुन्थ्यो, “यो मदन भण्डारी नआउन पनि सक्छ, तर सूर्य त आयो, आयो ।”अहिले नेपालमा नेकपा एमालेका अध्यक्ष केपी ओलीको अगुवाइमा सूर्य आएकोछ ।उज्यालो दिने घाम आएकोछ ।त्यो घाम हाम्रो जीवन हो । त्यसको बाटो नै जनपक्षीयबाटो हो ।त्यो उज्यालोबाटो नै हाम्रो सहीबाटो हो ।त्यसैलाई चिनेर आप्mनो मतको रक्षागर्नु हाम्रो सही बाटोको सफल यात्रा हुनेछ, समाजवादको यात्रा हुनेछ, नेपाल र नेपालीको व्यापक विजयको यात्रा हुनेछ ।धन्यवाद ।

तपाइँको प्रतिक्रिया ।