खेल : कात्यायन (लघुकथा )
कपन अनलाइन
काठमाण्डौ ,असोज २९ ।
भोकले भन्यो, ‘आऊ समय, भोजन गर !’
प्यासले भन्यो, ‘आऊ समय, प्यास मेट !’
विश्रामले भन्यो, ‘आऊ समय, मसँगै आराम गर !’
विश्वस्वरुपाले प्रेम दर्शाइन्, ‘आऊ समय, माया गरौँ !’
भोक–प्यास, थकान, अशान्त र द्विविधाले जकडिएको समयले ब्रह्माण्डभन्दा ठूलो मुख खोल्यो, ‘मेरो फूर्सद छैन !’
सबै मिलेर आश्चर्यलाई सोध्न लगाए – ‘समय ! के तिमी निर्जीव हौ ?’
समयले अन्कनाउँदै÷थकित हुँदै भन्यो, ‘म गतिवान छु !’
धर्मसङ्कटको तिलमिलाहटलाई कसले रोक्न सक्दछ र ! पोखियो यसरी, ‘समय, तिम्रा पाईलाहरू विकासोन्मुख छ कि विनासोन्मुख ?’
समयले निरपेक्षतालाई अघि सार्यो, ‘बस् मुकदर्शक !’
अचेतन यसरी बहकियो, ‘समय, यो खेल कसको हो ?’
सायद, समय अनभिज्ञ थिएन; उसको साथ दिन प्रतिउत्तर तम्तयार नै थियो, ‘जसले युगलाई क्रिडास्थल बनाइरहेछन्; र जो आफूलाई सृष्टिको सर्व–श्रेष्ठ प्र–जाती ठानेर गर्व गरिरहे– छन् !’ अन्तस्करणमा चोटिलो प्रहार हुँदा पनि, मभित्रको अहङ्कार अनभिज्ञ रहे झैँ, आफ्नो खेलको निरन्तरता कायम राखिरहेको छ ! खेलको परिणाम न मलाई थाहा हुनेछ, न समयलाई !
क्रिडा यथावत् रहनेछ ! न मध्यान्तर ! न अन्त्य !
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक