ओखलढुंगाको प्रतिनिधि सभामा यज्ञराज सुनुवार ,प्रदेशमा अम्बिरबाबु गुरुङ र ज्ञान बहादुर खड्का

कपन अनलाइन

काठमाण्डौ ,असोज २२।

ओखलढुंगा जिल्लाको प्रतिनिधि सभामा नेकपा एमालेका  केन्द्रीय सदस्य यज्ञराज सुनुवारले टिकट पाएका छन। २०७० र २०७४ सालको निर्वाचनमा सांसद निर्वाचित भएका सुनुवार तेश्रो पटक चुनावी मैदानमा उत्रन लागेका हुन्।

त्यस्तै ओखलढुंगा जिल्लाको प्रदेस क्षेत्र नं १ मा अम्बिरबाबु गुरुङ उम्मेदवार बन्ने भएका छन। नेकपा एमाले प्रदेस नं १ कमिटीका सदस्य रहेका गुरुङ २०७४ सालको प्रदेस सभा निर्वाचनमा विजयी बन्दै प्रदेस नं १ को भौतिक पूर्वाधार विकास मन्त्रि समेत बनेका थिए।

यसैगरी ओखलढुंगा जिल्लाको प्रदेस क्षेत्र नं २ मा ज्ञान बहादुर खड्का (जीबी ) ले टिकट पाएका छन। नेकपा एमाले प्रदेस नं १ कमिटीका सदस्य रहेका खड्का २०७४ सालको स्थानीय तहको निर्वाचनमा सुनकोशी गाउँपालिकाको अध्यक्ष उम्मेदवार रहेका थिए ।

तपाइँको प्रतिक्रिया ।