काठमाण्डौ क्षेत्र नं ४ मा नेकपा एमालेका डा.राजन भट्टराई ,प्रदेसमा तेज ढकाल र जयराम थापा

कपन अनलाइन

काठमाण्डौ ,असोज २२।

नेकपा एमालेले काठमाण्डौ क्षेत्र नं ४ मा उम्मेदवार टुंगो लगाएको छ। काठमाण्डौ क्षेत्र नं ४ को प्रतिनिधि सभामा नेकपा एमालेका स्थायी कमिटी सदस्य डा.राजन भट्टराई उम्मेदवार बन्ने भएका छन।

त्यस्तै काठमाण्डौ क्षेत्र नं ४ (१ ) मा तेज प्रसाद ढकाल र ४ (२ ) मा जयराम थापा प्रदेस सभा सदस्यको उम्मेदवार बन्ने भएका छन। प्रदेस सभा सदस्यको उम्मेदवार बन्न लागेका ढकाल नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीका उपसचिव हुन् भने थापा जिल्ला कमिटी सदस्य हुन्।

०७९ साल बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ४ का १२ वटा वडामा अध्यक्ष उम्मेदवारहरुले प्राप्त गरेको मतका आधारमा नेकपा एमाले नेपाली कांग्रेस भन्दा ७४४ मतले अगाडी रहेको छ।

काठमाण्डौ क्षेत्र नं ४ का ९ वटा वडामा अध्यक्ष पदमा निर्वाचित भएको नेकपा एमालेको कुल मत १६५०७ रहेको छ भने ३ वटा वडामा अध्यक्ष पदमा निर्वाचित भएको नेपाली कांग्रेसको मत १५,७६३ रहेको छ।

निर्वाचन आयोगमा उल्लेख गरिएको मत परिणाम अनुसार काठमाण्डौ क्षेत्र नं ४ मा नेकपा एकीकृत समाजवादीका तर्फबाट वडा अध्यक्षमा उम्मेदवार बनेका उम्मेदवारहरुले २,४१४ मत प्राप्त गरेका छन भने नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुले ८४४ मत प्राप्त गरेका थिए।

त्यसैगरी स्थानिय तहको निर्वाचनमा रास्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवारले २,२९३ मत प्राप्त गरेको काठमाण्डौ क्षेत्र नं ४ मा २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार  गगन कुमार थापाले २,१५५८ मत प्राप्त गरेका थिए भने नेकपा एमालेका डा.राजन भट्टराईले १,८१४० मत प्राप्त गरेका थिए।

 

तपाइँको प्रतिक्रिया ।