डेंगु रोग विरुद्ध जनचेतना जगाउदै शंखरापुर नगरपालिका

डेंगु रोग विरुद्ध जनचेतना जगाउदै  शंखरापुर  नगरपालिका

कपन अनलाइन

काठमाडौँ, भाद्र ३० । काठमाडौंको शंखरापुर नगरपालिकाले डेंगु रोगविरुद्ध जन-चेतनामूलक कार्यक्रम गरेको छ ।नगरपालिका र नेपाल रेडक्रसको संयुक्त आयोजनामा पहिलो चरणको कार्यक्रम अन्तर्गत  जनचेनता मुलक र्याली  सम्पन्न गरेको हो । नगरपालिकाको स्वास्थ्य शाखाले योजना बनाएरै नगरका टोल-टोल र चोकमा पुगेर जन-चेतनाका कार्यक्रम गर्नुका साथै लामखुट्टेको बासस्थान खोजी अनि नष्ट गर्ने अभियान शुरु गरिएको  स्वास्थ्य शाखाले जानकारी गराएको छ । उक्त जनचेतना मुलक र्यालीमा नगर प्रमुख रमेश नापित उप प्रमुख समिता श्रेष्ठ  प्रमुख प्रशासकीय अधिकृत रमेश गौतम लगायत  नेपाल प्रहरी,  स्वास्थ्यकर्मी , महिला स्वास्थ्य स्वमसेविका  सहित जनप्रतिनिधिहरु र  स्थानीयहरुको उपस्थिति  रहेको उक्त र्यालीले साँखु बजार पराक्रम गरेको थियो ।

  कार्यक्रममा डेंगु रोगलाइ न्यूनीकरण र रोकथाम गर्ने उपायहरुको बारेमा  जानकारी गराइएको थियो  ।  डेंगुबाट काठमाडौं उपत्यका सबैभन्दा बढी ग्रसित छ  । डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको बृद्धि रोक्नुपर्छ । यसका लागि पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरूमा पानी जम्न दिनुहुँदैन । पानीको ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरि छोपेर राख्ने पर्छ भने कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्न सकिन्छ ।

डेंगु संक्रमणको जोखिम कम गर्न र सो बाट बच्न स्वास्थ्य सम्बन्धी सजगता अपनाउन  नगरबासी हरुलाई शंखरापुर   नगरपालिका प्रमुख  रमेश नापितले   अनुरोध गरेका थिए । प्रमुख  नापितले हाल नगरपालिका क्षेत्र भित्र डेंगु ज्वरोका संक्रमितहरु बढ्दो क्रममा रहेको जानकारी प्राप्त भएको र उक्त रोग  एडीज  जातको पोथी लामखुट्टेको टोकाई बाट  सर्ने भएको हुँदा संक्रमण बाट बच्न  लामखुट्टेको टोकाई बाट बच्न समेत अनुरोध गरेका छन  ।डेंगुको शंका लागेमा तुरुन्त स्वास्थ्य संस्थामा गएर आवश्यक परीक्षण र उपचार  गर्न  अनुरोध गर्दै  डेंगु रोगको रोकथामका लागि शंखरापुर नगरपालिका बाट पनि सार्वजनिक सुचना मार्फत पनि स्वास्थ्य सम्बन्धी सुरक्षा अपनाउनको लागि बिभिन्न सुचना जारी गरेको हुँदा सोहि अनुरुप स्वास्थ्य सुरक्षाका साबधानी अपनाउन पनि अनुरोध गरेका छन ।

तपाइँको प्रतिक्रिया ।