मुवाथाई च्याम्पियनसिपमा गोकर्णेश्वर नगरपालिकाका तीन खेलाडीहरुले सहभागिता जनाउने

 मुवाथाई च्याम्पियनसिपमा गोकर्णेश्वर नगरपालिकाका तीन खेलाडीहरुले सहभागिता जनाउने

कपन अनलाइन

काठमाडौं, भाद्र ३० ।  नेपालमा पहिलो पटक हुन गइरहेको आइ एफ एम ए फाईट नाईट  मुवाथाई च्याम्पियनसिपमा गोकर्णेश्वर नगरपालिकाका  तीन खेलाडीहरुले सहभागिता जनाउने भएका छन  ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारा सहित नेपाल आइ एफ एम ए मुवाथाई एशोसिएसनको आयोजनामा आगामी असोज एक गते दिनको दुई बजे ह्वाइट प्यालेस व्याङक्वट कौशलटारमा हुने उक्त प्रतियोगितामा गोकर्णेश्वर नगरपालिका बाट  कृतिम श्रेष्ठ, दावा फून्जो र  अब्राहम राइले सहभागिता जनाउन लागेका हुन ।

 देशभरका २० जना खेलाडीहरुको  सहभागिता रहने सो प्रतियोगितामा गोकर्णेश्वर नगरपालिका बाट प्रतिनिधत्व गर्ने खेलाडीहरुलाई आज एक कार्यक्रमका बीच जितको शुभकामना दिइएको थियो ।

गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी,  गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिका संयोजक संजय लामा, गोकर्णेश्वर मुवांथाइ नगर कमिटी अध्यक्ष प्रशिक्षक एबम सानुकुमार श्रेष्ठ गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिका पदाधिकारी लगायतले  खेलाडीहरुलाई खादा लगाई शुभकामना दिएका थिए उनीहरुले खेलाडीहरुलाई उच्च मनोबलका साथ् उत्कृष्ट प्रदर्शन गरि जित हासिल गरि नगरपालिकाको नाम राख्न  शुभकामना दिएका थिए  ।

मेन इभेन्ट,को-मेन इभेन्ट र इभेन्ट गरी तीन चरणमा हुने प्रतिस्पर्धामा पुरस्कार राशी क्रमश मेन इभेन्टका प्रथमलाई एक लाख,दोस्रो हुनेलाई ५० हजार, को–मेन इभेन्टमा प्रथम हुनेले ५० हजार र दोस्रो हुनेले ३० हजार र इभेन्टमा प्रथमले ३० हजार र दोस्रो हुनेले २० हजार नगद पुरस्कार सहित प्रमाणपत्र तथा ट्रफि प्राप्त गर्ने आयोजकले जानकारी गराएको छ  ।

फोटो : प्रदिप श्रेष्ठ

तपाइँको प्रतिक्रिया ।