जनताको सेवामा कागेश्वरी मनोहरा नगरपालिकाको १०० दिन ,उज्यालो सुरक्षित नगर,महिला बालबालिका तथा ज्येष्ठ नागरिक,र योजना /भौतिक पूर्वाधारमा भए यी काम

जनताको सेवामा कागेश्वरी मनोहरा नगरपालिकाको १०० दिन ,उज्यालो सुरक्षित नगर,महिला बालबालिका तथा ज्येष्ठ नागरिक,र योजना /भौतिक पूर्वाधारमा भए यी काम

कपन अनलाइन

काठमाडौं, भाद्र २५  । कागेश्वरी मनोहरा नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुले पदबहाली गरेको १०० दिन पुरा भएको र सो अवधी भित्र शुरुवात गरेका कार्यहरुको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ  ।जनताको सेवामा १०० दिन नाम दिइएको उक्त पत्रकार सम्मेलनमा नगर प्रमुख उपेन्द्र कार्कीले २०७९ साल बैशाख  ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा  अमुल्य मत दिइ नगरपालिकाको समग्र बिकासको जिम्मेवारी दिएकोमा उक्त जिम्मेवारी कुशलतापूर्वक कर्तब्यनिष्ठ  भइ  पुरा गर्ने  प्रतिबद्धता ब्यक्त गरेका छन् ।

निर्वाचित भइ २०७९ साल जेठ ९ गते पदबहाली भए पछि १०० दिन पुरा भएको र सो अवधी भित्र गरिएका महत्वपूर्ण प्रयासहरुको बारेमा उनले जानकारी गराएका हुन ।  नगरपालिकाले सामाजिक विकासलाई मुख्य प्राथमिकता निर्धारण गरि शिक्षा स्वास्थ्य खेलकुद ज्येष्ठ नागरिक, युवा तथा महिला सशक्तीकरण, उद्यमशिलताका साथै भौतिक पूर्वाधारको कार्य अघि बढाइएको उनले जानकारी गराएका थिए ।

उनले    उज्यालो नगर, सुरक्षित नगर मा     निम्न काम र प्रयास गरिएको जानकारी गराए ।

१) उज्यालो नगर सुरक्षित नगर कार्यक्रम सञ्चालन अन्तर्गत सडक वत्ती तथा सिसिटिभी क्यामेरा जडानका लागि बजेट व्यवस्था गरी कार्यान्वयनमा लगिएको  जानकारी गराए ।

उनले  महिला बालबालिका तथा ज्येष्ठ नागरिकहरुको लागि निम्न काम र प्रयास भएको जानकारी गराए ।

१) जेष्ठ नागरिकहरुलाई सम्मान स्वरूप चाडपर्व खर्च रु. १ हजार उपलब्ध गराउने व्यवस्था मिलाइएको ।

२) जेष्ठ नागरिकहरूलाई घर घरमा गएर स्वास्थ्य परिक्षणको कार्यक्रम सञ्चालन गरिएको ।

३) जेष्ठ नागरिकको दिवा खाजा, जेष्ठ नागरिक भवन र जेष्ठ नागरिक पार्क निर्माणलाई प्राथमिकता दिइएको ।

४ ) नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्न तथा महिला उद्यमी प्रवद्र्धन गर्ने कार्य अगाडी बढाइएको ।

५)अपांगता परिचयपत्र वितरण, सामाजिक सुरक्षा भत्ता थप सेवा सुविधा व्यवस्थापन गरिएको जानकारी गराए  ।

त्यसै गरि योजना /भौतिक पूर्वाधार  निम्न काम र प्रयास भएको जानकारी गराए ।

१)नगरपालिकाको प्रशासनिक भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको र यहि आ.व.बाट नै सोही भवनबाट कामकाज सुरु गर्ने गरी कार्य अगाडी बढाइएको ।

२)निर्माण व्यवसायीसँग ठेक्का सम्झौता भई क्रमागत रुपमा सञ्चालनमा रहेका योजनाहरूलाई सम्झौता अवधि भित्रै यथावत रुपमा कार्य सम्पन्न गर्न सम्बन्धित निर्माण व्यवसायिहरूसँग पटक–पटक बैठक राखी आवश्यक निर्देशन दियएको ।

३)उपभोक्ता समिति मार्फत् काम गर्दा २० प्रतिशत लागत सहभागिताको निति परिवर्तन गरी योजनाको लागि विनियोजित रकमको ५ प्रतिशत रकम मर्मत सम्भार कोषमा जम्मा गर्ने गरी व्यवस्था गरिएको ।

४ )शहरी सौन्दर्यकरण र पार्क निर्माण लगायतका शहरी पूर्वाधारहरुमा जोड दिइएको ।

५)चालु आर्थिक वर्षलाई योजना निर्माणको वर्षको रूपमा लिई नगरपालिकाको आन्तरिक तथा क्षेत्रगत योजना प्रक्रिया अगाडी बढाइएको जानकारी गराए ।

तपाइँको प्रतिक्रिया ।