शिवपुरी रेस्टुरेन्ट बार  एण्ड कफी सप गोकर्णेश्वर ३ सुन्ताखानमा संचालनमा आयो

शिवपुरी रेस्टुरेन्ट बार  एण्ड कफी सप गोकर्णेश्वर ३ सुन्ताखानमा संचालनमा आयो

कपन अनलाइन

काठमाडौं भाद्र २५ । गोकर्णेश्वर नगरपालिका वडा नं ८ अत्तरखेल शिवपुरी चोकमा संचालनमा रहेको  शिवपुरी रेस्टुरेन्ट बार  एण्ड कफी सप  गोकर्णेश्वरको  सुन्ताखानमा पनि   संचालनमा आएको छ। गोकर्णेश्वर ३  सुन्ताखानमा पूर्ण पारिवारिक बातावरण सहितको रेस्टुरेन्टको  आवश्यकतालाई मध्यनजर गर्दै  शिवपुरी रेस्टुरेन्ट बार  एण्ड कफी शपले शाखा विस्तार गरेको संचालक दिपक थापाले कपन अनलाइनलाइ जानकारी गराए ।

शनिबार  एक कार्यक्रमका बीच गोकर्णेश्वर नगरपालिकाका वडा नं ३  का वडा अध्यक्ष  मुरारी प्रसाद कुइकेलले उक्त रेस्टुरेन्ट एण्ड कफी शपको उद्घाटन गरेका हुन। रेस्टुरेन्टलाइ थप परिस्कृत गरेर आफ्नै ठाउमा संचालन गरेको बताउने संचालक  थापाले ‘रेस्टुरेन्टमा अर्डर अनुसार स्तरीय खाना तथा खाजा खुवाउने व्यवस्था मिलाइएको बताउदै  सुन्ताखान क्षेत्रमा स्तरीय रेस्टुरेन्टको माग थियो  त्यो शिवपुरी रेस्टुरेन्ट बार एण्ड कफी शपले पुरा गर्ने बिश्वास ब्यक्त गरेका छन ।

पूर्ण पारिवारिक वातावरणमा ग्राहकहरुलाई विहानको ब्रेकफष्ट देखि रातीको डिनरसम्मको गुणस्तरीय सेवा का साथै स्वस्थ र स्वादिलो परिकार पस्किने लक्ष्यसहित खुलेको उक्त  रेस्टुरेन्टमा हार्ड ड्रिङ्कस् बारको पनि व्यवस्था पनि रहेको जानकारी दिदै  संचालक थापाले सम्पुर्ण ग्राहक माहानुभावहरूलाइ हार्दिक निमन्त्रणा समेत गरेका छन ।

ग्राहकको सेवासुविधालाई मध्यनजर गर्दै पाहुनाको इच्छा अनुसारको खानाको व्यवस्था गरिएको जानकारी दिदै खानामा कुनै पनि किसिमको अखाद्य वस्तुको मिसावट नहुने प्रतिबद्दता गरेका छन् ।’हामी खानामा कुनै पनि किसिमको अखाद्य बस्तु मिलाउदैनौ तपाईहरु ढुक्क हुनुस्, उनले भने हामी हेर्दा र खादा मिठो बनाउने बहानामा ग्राहकको स्वास्थ्य सँग खेल्दैनौ ।’हेर्दा आँखालाई राम्रो र खादा स्वास्थ्यलाई पनि राम्रो नै शिवपुरी रेस्टुरेन्ट बार  एण्ड  कफी शपको मुख्य बिशेषता रहेको उनको भनाई रहेको छ । उनका अनुसार रेस्टुरेन्टमा वर्थडे पार्टी, , ग्रुप पार्टी, गेट टुगदरका लागि शान्त वातावरण युक्त क्याविनको व्यवस्था रहेको  उनि बताउछन  । रेस्टुरेन्ट  धरै छन तर शिवपुरी रेस्टुरेन्ट  बार एण्ड कफी शपले कम शुल्कमा उच्च स्तरीय सेवा दिने प्रयास गरेको उनले बताएका छन ।

आत्मनिर्भरताको खाँचो र अरु विदेशिने युवालाई केही संदेश मिलोस भनेर रेस्टुरेन्ट व्यवसायमा हात हालेको बताउदै संचालक थापाले भने ‘नेपाल जस्तो विकासोन्मुख देशमा अहिलेको समयमा होटल लाईनमा भरपुर सम्भावना छ’, तर यसका लागि पनि सहि ठाउँको पहिचान गर्न सक्नुपर्छ र समय रहँदै विवेकका साथ अगाडि बढेपछि सफल भइने उनको बिश्वास रहेको छ  । मेहनत र परिश्रम गरे सानो लगानीमा स्वदेशमै पनि राम्रा अवसरहरु रहेको रोजगारका लागि विदेशिने युवालाई उनको सुझाब  समेत रहेको छ ।

 

तपाइँको प्रतिक्रिया ।