काठमाण्डौ क्षेत्र नं ४ मा नेकपा एसले प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिस गर्यो ,को को परे ?

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १२।

नेकपा एकीकृत समाजवादीले काठमाण्डौ क्षेत्र नं ४ को प्रतिनिधि सभा सदस्यका लागि पाँच जना उम्मेदवार सिफारिस गरेको छ।

नेकपा एस काठमाण्डौ क्षेत्र नं ४ क्षेत्रीय कमिटीको बैठकले मंगसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पाँच नेताको नाम सिफारिस गर्ने निर्णय गरेको हो।

नेकपा एस काठमाण्डौ जिल्ला कमिटीका सचिव तथा क्षेत्रीय अध्यक्ष ध्रुबराज न्यौपानेको अध्यक्षतामा बसेको बैठकले तिन महिला सहित पाँच जनाको नाम सिफारिस गरेको छ।

काठमाण्डौ महानगरपालिकाका ४ र बुढानिलकण्ठ नगरपालिकाका ८ वटा वडा रहेको काठमाण्डौ क्षेत्र नं ४ को प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि ध्रुबराज न्यौपाने,ठाकुर खकुरेल ,रन्जना मास्के ,सिता ओझा र सिता श्रेष्ठको नाम सिफारिस गरिएको छ।

प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा सिफारिस भएका न्यौपाने र खकुरेल क्षेत्र नं ४ का पुर्व सचिव र सह सचिव हुन् भने मास्के लामो समय युवा आन्दोलनमा सक्रिय रहेर विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालेकी काठमाण्डौ महानगरपालिका वडा नं ३० मा बसोवास गर्दै आएकी नेतृ हुन्।

त्यस्तै काठमाण्डौ महानगरपालिका वडा नं ७ मा बसोवास गर्दै आएकी सित ओझा र सिता श्रेष्ठ पनि पार्टीका विभिन्न जिम्मेवारीमा रहेका छन।

 

तपाइँको प्रतिक्रिया ।