एकै वडाबाट काठमाण्डौ क्षेत्र नं ४ (२ ) को उम्मेद्वारी दौडमा एमालेका तिन नेता

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १२।

बुढानिलकण्ठ नगरपालिका वडा नं २ का तिन प्रभावशाली नेताहरु काठमाण्डौ क्षेत्र नं ४ (२ ) को उम्मेद्वारी दौडमा देखिएका छन। बुढानिलकण्ठ नगरपालिकाका ८ वटा वडा रहेको यस प्रदेस सभा क्षेत्रमा उम्मेदवार दावी गर्दै तिन नेताले आन्तरिक दौडधुपलाई निकै तीव्रता दिएका छन।

अन्य समयमा कुनै पनि कमिटीले औपचारिक रुपमा खबर नगरे सम्म उपस्थिति नजनाउने नेताहरु अहिले कार्यक्रमहरु खोज्दै सहभागी हुन् थालेपछी यस प्रदेस क्षेत्रको एमाले राजनीति निकै रोचक बनेको छ।

यसरि प्रदेस सभामा उम्मेद्वारी दावी गर्दै मैदानमा सक्रिय बनेका नेकपा एमालेका नेताहरुमा पुर्व नगर प्रमुख उद्दव प्रसाद खरेल .विदुर विक्रम खड्का र जयराम थापा रहेका छन।

नेकपा एमाले बागमती प्रदेस कमिटी सदस्य रहेका खरेल स्थानीय तहको निर्वाचन दौरान पर्दा पछाडी भएको सहमतिको फेरो समाउदै उम्मेद्वारी दावीको दौडमा अग्रपंक्तिमा देखिएका छन भने हरेक पटक अवसर भन्दा पनि आस्वासन पाएर अन्तिममा धोका खाएका जिल्ला कमिटी सदस्य तथा क्षेत्र नं ४ का संयोजक विदुर विक्रम खड्का पनि यस पटक मैदान नछाड्ने भन्दै अभियानमा देखिएका छन।

त्यस्तै यस पटक नयाँ र युवालाई नेतृत्व भन्ने नारा बोकेर प्रदेस सभा सदस्यको उम्मेद्वारी दावी गरेका जिल्ला कमिटी सदस्य जयराम थापाले पनि शसक्त अभियान संचालन गरिरहेका छन।

पछिल्लो समय नेकपा एमालेले आयोजना गरेका साना देखि ठुला हरेक कार्यक्रममा यी तिन नेताहरुको सक्रिय सहभागिता मात्र हैन कार्यक्रममा प्रत्यक्ष अप्रत्यक्ष हस्तक्षेप र प्रभाव समेत देखिने गरेको छ।

एकिई वडाका तिन नेताले एक अर्कालाई अदृश्य रुपमा अस्विकार गर्दै आफुले टिकट पाउनु पर्ने भन्दै अभियान चलाएपछि नेकपा एमालेमा अहिले फरक वडाका दावेदारलाई अगाडी सार्ने वारेमा व्यापक बहस सुरु भएको श्रोतले जानकारी दिएको छ।

२०७४ सालको प्रतिनिधि सभा निर्वाचन (ठुलो मतले नेकपा एमाले पछाडी ) र २०७९ सालको स्थानीय तहको निर्वाचनमा ( झिनो मतले वडा अध्यक्ष मात्र जितेको ) सो वडामा नेकपा एमालेको मतभार निकै कम देखिएको अवस्थामा प्रभावशाली नेताहरु सिधै मैदानमा भिड्दा राजनीतिक नोक्सानी हुने विश्लेषण गर्दै विकल्प खोज्ने वारेमा नेकपा एमालेमा व्यापक छलफल भइरहेको श्रोतले जानकारी दिएको छ।

 

तपाइँको प्रतिक्रिया ।