भेनस सहासिक कलाकार २०७९ बाट चर्चित गायक राजु लामा सम्मानित

भेनस सहासिक कलाकार २०७९ बाट चर्चित गायक राजु लामा सम्मानित

कपन अनलाइन

काठमाडौँ, साउन ३१ । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर फर्किएका गायक राजु लामालाई सम्मान गरिएको छ । काठमाण्डौ उत्तर पूर्वी क्षेत्रको गोकर्णेश्वर नगरपालिका वडा नं ८ बेसिगाउँमा  संचालित भेनस नेसनल कलेजले मिट एण्ड ग्रीट कार्यक्रम २०२२ अन्तर्गत भेनस सहासिक कलाकार २०७९ बाट चर्चित गायक एबम सफल आरोही राजु लामालाइ सम्मान गरेको हो ।

चर्चित साङ्गीतिक समूह मङ्गोलियन हर्टका गायक लामाले सगरमाथाको सफल आरोहण गर्नुका साथै सात हजार ९०० मिटरको उचाइमा एकल साङ्गीतिक कार्यक्रम सम्पन्न गर्दै विश्व किर्तिमान राखेका थिए। भेनस नेसनल कलेजको संस्थापक अध्यक्ष पेमा छिरी शेर्पाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा  गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसाल, भेनस नेसनल कलेजका क्याम्पस प्रमुख कृष्ण गौतम लगायतले गायक एबम सफल सगरमाथा आरोही राजु लामालाई सम्मान गरेका  हुन।

कलेजका बिनितराज अर्यालले संचालन गरेको सो कार्यक्रममा भेनस  स्कुलका प्रिन्सिपल नेत्र प्रसाद दाहाल, एन प्याब्सन गोकर्णेश्वर नगर अध्यक्ष  एबम कलेजका डायरेक्टर मोहन अधिकारी सहित फ्याकल्टी हेड लगायत शिक्षक र बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा भेनस नेसनल कलेज प्रमुख कृष्ण गौतमले उपस्थित सबैलाई स्वागत गर्दै भेनस नेसनल कलेजले समाजमा  उत्कृष्ट कार्य गर्नेहरुलाई सम्मान गर्दै आएको र उनीहरुले गरेका उदाहरणीय कार्य बिद्यार्थीहरुले पनि अनुसरण गरि सकारात्मक कार्य गर्न प्रेरणा मिलोस भन्ने उदेश्य सहित कार्यक्रम संचालन गर्दै आएको बताएका थिए ।

कार्यक्रमलाइ सम्बोधन गर्दै चर्चित गायक एबम सफल सगरमाथा आरोही राजु लामाले आयोजकलाइ धन्यवाद दिदै आफुले मौसम परिवर्तनको मुद्दालाई लिएर सगरमाथा चढेको बताएका छन्। उनले भने, ‘अहिले हाम्रो हिमाल, हिम नदीहरु पग्लिएको छ। जसले थुप्रै प्राकृतिक प्रकोप ल्याएको छ। मौसम परिवर्तनका कारणले हाम्रो जीवनमा कस्तो असर गर्छ भन्ने कुरालाई लिएर जनचेतना दिने हिसाबले सगरमाथा चढेको बताए । उनले अहिले भएका सम्पदा भाबि पुस्ता सम्म जीवित राख्न पर्नेमा जोड दिदै बातावरणमा आएको परिवर्तनका कारण त्यी सम्पदा नाश हुने होकी भनेर चिन्ता ब्यक्त गर्दै जलबायु परिवर्तन न्यूनीकरण गर्न सबैजना लाग्नु पर्नेमा जोड दिएका थिए। उनले वृक्षारोपण सरसफाई लगायतको कार्यमा सबैको सहभागिता हुनुपर्नेमा समेत जोड दिएका थिए।  उनले बिद्यार्थीहरुलाई दृढ इच्छाशक्ति र मेहनत गरेमा सबै कुरा सम्भब हुने समेत बताएका थिए ।

कार्यक्रमलाइ सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसालले गायक राजु लामाले भने जस्तै जलबायु परिवर्तन न्यूनीकरण र बातावरण प्रदुषण न्यूनीकरण गर्न सबै जना एक जुट हुनुपर्नेमा जोड दिएका थिए ।नगरपालिकाले सार्वजनिक खाली जग्गाहरुमा लालीगुराँस लगायतका बोट बिरुवा वृक्षारोपण गर्न लागेको जानकारी दिदै त्यस्ता कार्यमा बिद्यार्थीहरुको पनि सहयोग आवश्यक रहेको बताएका थिए ।

अध्यक्षताको आसन बाट बोल्दै भेनस नेसनल कलेजका  संस्थापक अध्यक्ष पेमा छिरी शेर्पाले उपस्थित सबैलाई धन्यबाद दिएका थिए। भेनसले असल संस्कार सहितको शिपमुलक व्यावहारिक शिक्षालाइ आत्मसाथ गरि सोहि अनुरुप अघि बढिरहेको जानकारी गराउदै सर्व सुलभ र गुणस्तरीय शिक्षाका लागि  प्रतिबद्द रहेको बताए । भेनस नेसनल कलेजको कक्षा ११मा हाल विज्ञान, सहित व्यवस्थापन, शिक्षा,मानविकी र कानुन बिषयको पढाइ हुदै आएको छ। बिद्यार्थीहरुको चौतर्फी विकास र उनीहरुको  उज्ज्वल शैक्षिक भबिष्य निर्माणको लागि भेनस सदैब लाग्ने बताउदै भेनसमा जोडिन आग्रह गरेका थिए ।  कार्यक्रममा गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएकी भेनस नेसनल   कलेजमा अध्ययनरत छात्रा पासाङ कान्छी शेर्पालाइ समेत कलेजले सम्मान गरेको थियो ।

तपाइँको प्रतिक्रिया ।